Nepal Mediciti Hospital Ad

समाचार

छ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ

छ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ

जिल्ला अदालत उदयपुरले छ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक जनालाई १६ वर्षको जेल सजायको फैसला सुनाएको छ ।पीडित बालिकालाई पीडकबाट रु २५ हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ । जिल्ला अदालत उदयपुरका न्यायाधीश दीपक खनालको एकल इजालासले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ लालपताका ४५ वर्षीय रामबहादुर विकलाई...बाँकी

करेन्ट लागेर एक युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु

करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका–४ सोहपुरमा आज एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय २५ वर्षीय श्यामलाल यादव रहेका प्रहरीले जनाएको छ । धान खेतमा पानी हाल्नका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतकको शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा ल्याइएको छ...बाँकी

भारतीय विदेशमन्त्री नेपाल आउँदै, यस्तो छ भेटघाट तालिका

भारतीय विदेशमन्त्री नेपाल आउँदै, यस्तो छ भेटघाट तालिका

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदैछन् । उनी बुधबार मध्याह्न करिब १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भारतीय दूतावास स्रोतले जनाएको छ । विदेशमन्त्री जयशंकर नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । बैठक बुधबार र बिहीबार बस्दै छ । तर, उनले बैठक सुरु हुनुभन्दा अगाडि...बाँकी

सुनको भाउ पाँच सयले ओरालो लाग्यो

सुनको भाउ पाँच सयले ओरालो लाग्यो

साताको पहिलो दिन आइतबार छापावाल सुनको भाउ रु ५०० ले घटेको छ ।शुक्रबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको सुनको भाउ आइतबार ५०० घटेर ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ७० हजार ७०० मा कारोबार भएको छ ।चाँदी भने तोलामा...बाँकी

स्वयम्भूमा एक प्रहरी जवान मृत अवस्थामा फेला

स्वयम्भूमा एक प्रहरी जवान मृत अवस्थामा फेला

महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत प्रहरी जवान शंकर ठगुन्ना मृत अवस्थामा भेटिएका छन् ।नागार्जुन नगरपालिका–३, ठूलो भर्‍याङमा ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका उनी गएराति मृत भेटिएका हुन् । स्वयम्भूका प्रहरी नायब उपरीक्षक (डीएसपी)का अनुसार, प्रहरीले महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । मध्यराति १ः२० बजे उनै महिलाले प्रहरीलाई...बाँकी

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

भैरहवा–तौलिहवा हुलाकी सडकखण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. २ अविरावकी ४२ वर्षीया प्रमिला यादव छन् । उनी छोरा सञ्जय यादवले चलाएको मोटरसाइकलको पछाडि बसेकी थिइन् । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएपछि जिल्ला अस्पताल तौलिहवामा पुर्‍याइएकोमा उपचारका क्रममा सोमबार बिहान प्रमिलाको...बाँकी

बालिका जबर्जस्तीकरणीको आरोपमा काठमाडौँ महानगरपालिकाका कर्मचारी पक्राउ

बालिका जबर्जस्तीकरणीको आरोपमा काठमाडौँ महानगरपालिकाका कर्मचारी पक्राउ

११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका एकजना स्थायी कर्मचारी पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् । उनी महानगरपालिकाको कुचीकार प्रमुख हुन् । उनलाई आइतबार अनामनगरबाट पक्राउ गरेर महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ । जिल्ला अदालत काठमाडौंबाट सात...बाँकी

आजदेखि ३ दिनसम्म लगातार बर्षा हुने संभावना

आजदेखि ३ दिनसम्म लगातार बर्षा हुने संभावना

मौसमविदहरूले आगामी ३ दिन देशभर वर्षा हुने प्रक्षेपण गरेका छन् । केही स्थानमा हुने भारी वर्षाले बाढी तथा पहिरोको जोखिम बढाउने भन्दै उनीहरूले सतर्क रहनसमेत सबैमा आग्रह गरेका छन् । मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ सरेकाले आगामी ३ दिन देशका अधिकांश भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ...बाँकी

बाग्लुङमा पहिरो, एकको मृत्यु २ जना बेपत्ता

बाग्लुङमा पहिरो, एकको मृत्यु २ जना बेपत्ता

बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । गए राति गएको पहिरोमा परी स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारीको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोमा परी स्थानीय देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा असारी श्रीपाली र १२ वर्षीय...बाँकी