Nepal Mediciti Hospital Ad

अन्तर्राष्ट्रिय

भारतको उत्तर प्रदेशमा बस दुर्घटना, २९ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा बस दुर्घटना, २९ जनाको मृत्यु

भारत उत्तर प्रदेशको आगरास्थित यमुना एक्सप्रेस वे मा बस दुर्घटनामा पर्दा २९ जनाको मृत्यु हुनुका साथै १८ जना घाइते भएका छन् । लखनउबाट दिल्ली आउँदै गरेको सो बस आगराको झरना नालामा झरेको थियो । प्रशासनका अनुसार सबै शवलाई बाहिर निकालिएको छ भने घाइतेलाई अस्पतालमा पठाइएको छ । यमुना एक्सप्रेस वेमा...बाँकी

क्यालिफोर्नियामा शक्तिशाली भूकम्प भौतिक क्षति धेरै

क्यालिफोर्नियामा शक्तिशाली भूकम्प भौतिक क्षति धेरै

अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्निया राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको हो । दक्षिण क्यालिफोर्नियाको २ दशकयताकै शक्तिशाली मानिएको भूकम्पबाट भौतिक क्षति पुगेको विवरण प्राप्त भए पनि मानवीय क्षतिबारे जानकारी प्राप्त नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पको धक्का नेभादा...बाँकी

लिवियामा हवाई आक्रमण, ४० जनाको मृत्यु

लिवियामा हवाई आक्रमण, ४० जनाको मृत्यु

लिवियाको आप्रवासी हिरासत केन्द्रमा हवाई आक्रमण हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ । राजधानी त्रिपोलीको पूर्वक्षेत्रको आप्रवासी हिरासत केन्द्रमा आक्रमण भएको हो । मारिनेमा अधिकांश अफ्रिकन आप्रवासी छन् । बीबीसीका अनुसार, हवाई आक्रमणमा परी ८० जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान...बाँकी

अफगानिस्तानमा शक्तिशाली विस्फोट ३४ भन्दा बढीको मृत्यु भएको अनुमान

अफगानिस्तानमा शक्तिशाली विस्फोट ३४ भन्दा बढीको मृत्यु भएको अनुमान

अफगानिस्तानमा सोमबार बिहान भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको ज्यान गएको छ । कम्तीमा ६८ जना घाइते भएका छन् । विस्फोटक पदार्थ बोकेको एक कार राजधानी काबुलमा विस्फोटन भएको हो । विस्फोटमा घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ । विस्फोटपछि आक्रमणबारीहरु...बाँकी

तमिलनाडुको राजधानी चेन्नाईमा पानीको हाहाकार

तमिलनाडुको राजधानी चेन्नाईमा पानीको हाहाकार

तमिलनाडुको राजधानी चेन्नई यतिबेला आफ्नो सबैभन्दा गहिरो जलसंकटसँग जुधिरहेको छ ।प्रत्येक बिहान यहाँका हज्जारौं मानिस घरका रित्तो भाडा भर्न घण्टौं लाइन बस्छन् । कतिले रासनको कोटाबापत् दैनिक पानी पाउँछन् भने कतिले हप्ताको एकपटक मात्र पाउँछन् । उक्त पानीले भाँडा माझ्छन् । भाँडा माझेको पानी अर्कोपटक भाँडै माझ्न प्रयोग गर्छन् ।...बाँकी

अमेरिकाले सुरु ग-यो इरानको हतियार प्रणालीविरुध्द साइबर हमला

अमेरिकाले सुरु ग-यो इरानको हतियार प्रणालीविरुध्द साइबर हमला

अमेरिकाले इरानको हतियार प्रणालीविरुद्ध साइबर हमला सुरु गरेको छ । केही अमेरिकी रिपोर्टमा दाबी गरिए अनुसार हवाई हमला नगर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयपछि यस्तो कदम उठाइएको हो । वासिङ्टन पोष्टका अनुसार रकेट र मिसाइल सिस्टमलाई नियन्त्रित गर्ने कम्प्युटर प्रणालीलाई निशाना बनाइएको छ । न्यूयोर्क टाइम्सले तेल ट्याङ्करमाथिको हमलापश्चात् एक अमेरिकी...बाँकी

पाकिस्तानमा ट्रेन दुर्घटना, तिन जनाको मृत्यु

पाकिस्तानमा ट्रेन दुर्घटना, तिन जनाको मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तमा बिहीवार एक यात्री ट्रेन रोकिरहेको मालगाडीमा ठोकिएपछि कम्तीमा तीनजनाको मृत्यु भयो र धेरैजना घाइते भए । अधिकारीहरूका अनुसार, जिन्ना एक्सप्रेसका चालक र उनका दुई सहायकको मृत्यु भएको छ भो घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनापछि रेल यातायात केही घन्टाका लागि अवरूद्ध भयो जसले गर्दा हैदराबाद र...बाँकी

पाकिस्तानी पत्रकारको हत्या 

पाकिस्तानी पत्रकारको हत्या 

पाकिस्तानको शक्तिशाली सेना र जासूसी एजेन्सी आइएसआईको आलोचना गर्ने एक जना २२ वर्षे पाकिस्तानी ब्लगर एंवम पत्रकारलाई अज्ञात व्यक्तिले हत्या गरिदिएको छ । पाकिस्तानको चर्चित समाचारपत्र ‘डोन’ले प्रहरीलाई उल्लेख गर्दै यो समाचार लेखेको छ । घटना हुनुअघि पत्रकार मोहम्मद बिलाल खान आफ्नो एक जना नातेदार एहतेशामसँग थिए । त्यही समय...बाँकी

हिंसात्मक घटनाको कारण हङकङका सरकारी कार्यालयहरु बन्द

हिंसात्मक घटनाको कारण हङकङका सरकारी कार्यालयहरु बन्द

बुधबारको हिंसात्मक प्रदर्शनपछि हङकङका सरकारी कार्यालयहरु बन्द गरिएका छन् । प्रदर्शनकारीहरुको निसानामा पर्दै आएको हङकङको सरकारी हेर्डक्वार्टर वरपरका कार्यालयहरु बन्द गरिएको त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । चीनतर्फ सुपुर्दगी प्रक्रिया अघि बढाउन हङकङको विधायिका परिषद्ले विधेयक ल्याएपछि केही दिनदेखि हङकङ अशान्त छ । विधेयक त्रुटिपूर्ण रहेकाले त्यो...बाँकी