Nepal Mediciti Hospital Ad

अन्तर्राष्ट्रिय

पाकिस्तानी पत्रकारको हत्या 

पाकिस्तानी पत्रकारको हत्या 

पाकिस्तानको शक्तिशाली सेना र जासूसी एजेन्सी आइएसआईको आलोचना गर्ने एक जना २२ वर्षे पाकिस्तानी ब्लगर एंवम पत्रकारलाई अज्ञात व्यक्तिले हत्या गरिदिएको छ । पाकिस्तानको चर्चित समाचारपत्र ‘डोन’ले प्रहरीलाई उल्लेख गर्दै यो समाचार लेखेको छ । घटना हुनुअघि पत्रकार मोहम्मद बिलाल खान आफ्नो एक जना नातेदार एहतेशामसँग थिए । त्यही समय...बाँकी

हिंसात्मक घटनाको कारण हङकङका सरकारी कार्यालयहरु बन्द

हिंसात्मक घटनाको कारण हङकङका सरकारी कार्यालयहरु बन्द

बुधबारको हिंसात्मक प्रदर्शनपछि हङकङका सरकारी कार्यालयहरु बन्द गरिएका छन् । प्रदर्शनकारीहरुको निसानामा पर्दै आएको हङकङको सरकारी हेर्डक्वार्टर वरपरका कार्यालयहरु बन्द गरिएको त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । चीनतर्फ सुपुर्दगी प्रक्रिया अघि बढाउन हङकङको विधायिका परिषद्ले विधेयक ल्याएपछि केही दिनदेखि हङकङ अशान्त छ । विधेयक त्रुटिपूर्ण रहेकाले त्यो...बाँकी

युगान्डामा पहिलोपटक इबोला भेटियो

युगान्डामा पहिलोपटक इबोला भेटियो

युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ आसेङले युगान्डामा पहिलोपटक प्राणघातक इबोला रोगको संक्रमण देखिएको बताएका छन् । छिमेकी मुलुक कङ्गो नजिकको कासेस जिल्लाको पश्चिमी भेग निवासी एक पाँच वर्षीय बालकमा इबोलाको संक्रमण फेला परेको मन्त्री आसेङले बताए । कङ्गोमा इबोलाको संक्रमण व्यापक रुपमा फैलिएसँगै युगान्डामा सतर्कता अपनाइएको थियो । सन् २०१२ मा...बाँकी

न्युयोर्कमा अग्लो भवनको छतमा हेलिकोप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु

न्युयोर्कमा अग्लो भवनको छतमा हेलिकोप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु

न्युयोर्क सिटीको म्यानहटनस्थित एक गगनचुम्बी भवनको छतमा हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा पाइलटको मृत्यु भएको बीबीसीले जनाएको छ । दुर्घटनापछि भवनको छतमा आगलागी पनि भएको जसलाई तत्काल नियन्त्रणमा ल्याउन सकिएको अधिकारीले बताएका छन् । दुर्घटनामा कोही पनि घाइते नभएको जानकारीमा उल्लेख छ । स्थानीय मिडियाले मृत्यु हुने हेलिकोप्टर चालकको...बाँकी

इण्डोनेसियाको राष्ट्रपतिमा जोको विदोदो निर्वाचित

इण्डोनेसियाको राष्ट्रपतिमा जोको विदोदो निर्वाचित

इण्डोनेसियाको राष्ट्रपतिमा जोको विदोदो पुनः निर्वाचित भएका छन् । गएको महिना निर्वाचन भएकोमा त्यसको नतिजा आज सार्वजनिक गरिएको हो । उनले पूर्व जनरल प्रवोओ सुबिआन्तोलाई पराजित गरेका छन् । पूर्वनिर्धारित तिथी भन्दा एक दिन अघि नै नतिजा सार्वजनिक गरिएको हो । तनावको वातावरण सिर्जना हुन सक्ने पूर्वानुमानका कारण एक दिन...बाँकी

इरान सिध्याउने धम्की दियो अमेरिकाले

इरान सिध्याउने धम्की दियो अमेरिकाले

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सिध्याइदिने धम्की दिएका छन् । उनले अमेरिकालाई नधम्काउन पनि चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘यदि इरान लड्न चाहन्छ भने त्यो इरानको आधिकारिक अन्त हुनेछ । अमेरिकालाई कहिल्यै धम्की नदिनू ।’ ट्रम्पको यो ट्वीटलाई लिएर अमेरिका र इरानबीच युद्धको बादल मडारिन...बाँकी

यस बर्ष अष्ट्रेलियामा फ्लुको कारणले मात्र ४२ जनाको मृत्यु

यस बर्ष अष्ट्रेलियामा फ्लुको कारणले मात्र ४२ जनाको मृत्यु

अष्ट्रेलियामा फ्लुका कारण ४२ जनाको मृत्यु भएको छ । फ्लुका कारण यसवर्ष अहिलेसम्म अष्ट्रेलियामा ४२ जनाको मृत्यु भएको हो । फ्लुका कारण मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा रहेको तथ्यांक सार्वजनिक भएको छ ।अष्ट्रेलियाको क्युन्सल्याण्ड र दक्षिण अष्ट्रेलियामा मात्र यसवर्ष ज्यान गुमाउनेहरु अधिकांश रहेका छन् । हालै सार्वजनिक गरिएको तथ्यांक अनुसार क्युन्सल्याण्डमा...बाँकी

जापानमा ५.५ रेक्टर स्केलको भूकम्प

जापानमा ५.५ रेक्टर स्केलको भूकम्प

जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रका ५.५ म्याग्नीच्युडको भूकम्प गएको यहाँको मौसम विभागले बुधवार जानकारी दिएको छ । यस भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन ।स्थानीय समयाअनुसार बुधवार बिहान २ः३४ मा भूकम्प गएको सो निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्दविन्दु बरपरकै क्षेत्रमा ३० किलोमिटर गहिराइमा रहेको...बाँकी

एथलेटिको मड्रिड छोड्दैछन् ग्रिजम्यानले

एथलेटिको मड्रिड छोड्दैछन् ग्रिजम्यानले

विश्व विजेता फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यानले एथलेटिको मड्रिड क्लब छाड्ने घोषणा गरेका छन् । यो सिजनको अन्त्यसँगै एथलेटिको मड्रिड छाड्ने उनले घोषणा गरेका हुन् । ला लागिअन्तर्गत आगामी शनिबार लेभान्टेसँगको खेलपछि उनले स्पेनिस क्लब एथलेटिको मड्रिड छाड्ने बीबीसीले लेखेको छ । २८ वर्षीय ग्रिजम्यानले ट्वीटरमा एक भिडियो पोष्ट गर्दै भनेका...बाँकी