सम्पादकीय

प्रधानमन्त्रीको सकारात्मक ‘सिग्नल’

प्रधानमन्त्रीको सकारात्मक ‘सिग्नल’

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन क्षेत्र विशेष पूर्वाधार कार्यक्रमलाई निरन्तरता नदिने बताएका छन् । शनिबार नेकपा संसदीय दलको बैठकमा ओलीले विकासका काम सरकारले गर्ने भन्दै १० करोडको माग बन्द गर्न सांसदलाई आग्रह गरे । यसअघि प्रदेश र स्थानीय सरकार थिएनन् र निर्वाचन क्षेत्र विकास कोषको अभ्यास गरिएको थियो । तर,...बाँकी

एकतामा अलमल नगर

एकतामा अलमल नगर

एमाले र माओवादीले एकताका लागि गरिरहेको अलमलले फेरि आम नेपालीको अपेक्षामा ठेस पुग्ने सम्भावना बढ्दै गएको छ । दुई पार्टीबीच एकता हुन नसके वा विश्वास टुटेको अवस्थामा लामो समय अस्थीर राजनीतिको पञ्जाबाट निस्किएको मुलुक फेरि त्यही झमेलामा पर्नेछ । एकताका लागि भइरहेका वार्ताहरु परिणाममुखी हुन सकेका छैनन् । दुई पार्टीका...बाँकी

‘हद’ पार गर्दै गोबिन्द केसी, पुनः अदालतको अपहेलना

‘हद’ पार गर्दै गोबिन्द केसी, पुनः अदालतको अपहेलना

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक गोविन्द केसी आफूलाई न्याय र सुशासनको पक्षमा लडेको बताउँछन् । तर, उनका केही गतिविधिले विधिको शासनको खिल्ली उडाएको देखिन्छ । हालैमात्र उनले सर्वोच्च अदालतको पेशी बहिष्कार गरेका छन् । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली रहूञ्जेलसम्म तारेख स्वीकार नगर्ने उनको अडान छ । तर,उनले यो कुरा...बाँकी

यसकारण ओली ‘डेन्जर जोन’मा

यसकारण ओली ‘डेन्जर जोन’मा

नवराज कुँवर- एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेका आर्थिक समृद्धिको एजेण्डालाई जनताले अनुमोदन गरिदिएपछि उनले दोस्रो पटक सत्ताको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् । तर, जनताको अपेक्षा पूरा गर्न ओलीसामू ‘चुनौतीका चाङ’ छन् । हुन त, पहिलो पटक प्रधानमन्त्री हुँदाभन्दा ओली अहिले बढी शक्तिशाली छन् । अघिल्लोपटक उनी माओवादी केन्द्रसहित...बाँकी

रानीपोखरी पुनर्निर्माणमा गैरजिम्मेवार नबन

रानीपोखरी पुनर्निर्माणमा गैरजिम्मेवार नबन

रानीपोखरी जिर्णोद्वारबारे अध्ययन गर्न बनेको विज्ञ समूहले प्रतिवेदन बुझाएको दुई साता पुगिसक्दा पनि काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणको काम सुरु गरेको छैन । पुनर्निर्माणमा महानगरले गरिरहेको ढिलाइमा पुरातत्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पनि मौन बसेका छन् । यसले सम्पदा संरक्षणका विषयमा सम्बन्धित निकाय गम्भीर नभएको प्रस्ट देखिएको छ । रानीपोखरीको...बाँकी

मतदानअघिको ४८ घण्टा घोत्लिएर सोचौँ, ‘कसले देश बनाउँछ, कसले बिगार्छ’

मतदानअघिको ४८ घण्टा घोत्लिएर सोचौँ, ‘कसले देश बनाउँछ, कसले बिगार्छ’

मुलुकमा संघीयताको पूर्ण कार्यान्वयनका लागि पहिलो पटक प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसलाई सभ्य र भव्य बनाउने दायित्व सबैको हुन्छ । निर्वाचन शासनको विभिन्न तहमा जनताले आफ्नो प्रतिनिधि छानेर पठाउने प्रक्रिया हो । नयाँ संविधानको मर्मअनुसार अब जनताले छान्ने जनप्रतिनिधि विकास र समृद्धिका लागि हो । निर्वाचनमा मतदाताले दिने...बाँकी

अटेर देउवा र लाचार निर्वाचन आयोग

अटेर देउवा र लाचार निर्वाचन आयोग

प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आचारसंहिताप्रति अत्यन्तै गैरजिम्मेवार देखिएका छन् । उनैले तोकेको मिति अर्थात आगामी मंसिर १० र २१ गते गरी दुई चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तय भएको छ । उक्त निर्वाचनका लागि गत भदौ १४ गतेदेखि नै निर्वाचन आयोगले आचारसंहिता पनि लागू गरिसकेको छ । त्यसयता प्रधानमन्त्री देउवाले...बाँकी

निर्वाचनमा ध्यान देऊ

निर्वाचनमा ध्यान देऊ

आगामी मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकिएको छ । निर्वाचन आयोगले पनि त्यही अनुसारको निर्वाचन कार्यतालिका तयार गरेको छ । मंसिरभित्र दुवै तहको निर्वाचन हुनेमा आमनागरिकमा पनि आसा पलाएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि असोज अन्तिम साता दलहरुले उम्मेद्वारको...बाँकी

सरकारी अनुमगन र निरन्तर ठगिएका सर्वसाधरण

सरकारी अनुमगन र निरन्तर ठगिएका सर्वसाधरण

सरकारले दसैँलाई मध्यनजर गर्दैै बजार अनुमगनलाई तीव्रता दिएको छ । वाणिज्यमन्त्री तथा राज्यमन्त्री र आपूर्तिमन्त्री तथा राज्यमन्त्री त आफैँ बजार अनुगमनमा निस्किएका छन् । काठमाडौँमा मात्रै नभएर प्रमुख शहरहरुमा उनीहरु आफैँ अनुमगन गरिरहेका छन् । तर सर्वसाधरण भने बजारमा कालोबजारीको चपेटाबाट मुक्त हुन सकेका छैनन् । सर्वसाधरण दसैँको किनमेलमा कहाँसम्म...बाँकी