Nepal Mediciti Hospital Ad

मुख्य खबर

बालविवाह रोक्न मन्दिरको पुजारीको एक कदम

बालविवाह रोक्न मन्दिरको पुजारीको एक कदम

पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने योजनाअनुसार बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई अभिमुखीकरण तालीम प्रदान गरेपछि पुजारी नै बालविवाह रोक्न सक्रिय बनेका हुन् ।तुलसीपुर क्षेत्रमा सबैभन्दा बढी विवाह हुने त्रिशिद्धेश्वरी मन्दिरबाट चालू आर्थिक वर्षको अहिलेसम्म २८ बालविवाह रोकिएको...बाँकी

तिस किलो चरेससहित तिन जना पक्राउ

तिस किलो चरेससहित तिन जना पक्राउ

आलुको बोरामा लुकाएर ल्याउँदै गरेको ३० किलो चरेस प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषध कारोबारीले आलुको बोरामा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले बुटवल बसपार्कबाट ३० किलो चरेस बरामद भएको हो ।चरेससहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश ५ अपराध अनुसन्धान ब्यूरोले ३० केजी चरेससहित मकवानपुरका राजु कुमार स्याङताङ,...बाँकी

जनताको आवाज बोल्ने गित युट्युवबाट हटाउन किन बाध्य भए पशुपति शर्मा ?

जनताको आवाज बोल्ने गित युट्युवबाट हटाउन किन बाध्य भए पशुपति शर्मा ?

हालसालै बरिष्ठ लोक तथा दोहोरी गायक पशुपति शर्माको 'लुट्न सके लुट' बोलको गित सार्वजनिक भएको ३ दिनमा युट्युवबाट हटाइएको बिषयले चर्चा लिएको छ । शर्माको गितप्रति सत्ता पक्षले आक्रोस व्यक्त गरेपछि हटाउन बाध्य भएको गायक स्वयंले बताएका छन् । बजारमा बिभिन्न अर्थ नभएका र कुनै सन्देश नबोकेका गितहरुले स्थान लिदै...बाँकी

कर्णाली प्रदेशमा ‘जनता आवास कार्यक्रम’ कार्यबिधि स्वीकृत

कर्णाली प्रदेशमा ‘जनता आवास कार्यक्रम’ कार्यबिधि स्वीकृत

कर्णाली प्रदेश सरकारले जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले उक्त कार्यक्रम अघि बढाउन भौतिक पूर्वाधार विकास मन्त्रालयले तयार पारेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको हो । सङ्घले प्रदेशलाई हस्तान्तरण गरेपनि कार्यविधि नहुँदा कार्यक्रम सञ्चालन हुन सकेको थिएन । यसअघि सङ्घीय सरकारले दलित, विपन्न...बाँकी

हजुरबाद्वारा पाँच बर्षिय नातिनीको बलात्कार

हजुरबाद्वारा पाँच बर्षिय नातिनीको बलात्कार

शुक्रवार अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा पाँच वर्षीय बालिकालाई आफ्नौ हजुरबुबाले बलात्कार गरेका छन् । सन्धिखर्क नगरपालिकामा ११ डिभर्ना अमिले निवासी ६५ वर्षीय हजुरबुबाले आफ्नै पाँच वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । प्रहरी नायव उपरीक्षक नवराज मल्लका अनुसार आफ्नौ नातिनी जबरजस्ती करणी गरेको आरोपमा हजुरबुबालाई पक्राउ गरिएको हो...बाँकी

भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेस्थित रमिते–टाँडी सडकखण्डमा हिजो साँझ पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । रमिते बजारबाट जाँतेतर्फ आउँदै गरेको को१च ९३२४ नं को पिकअप सडकको उकालोमा अनियन्त्रित भई क्षेत्रीखोलामा खस्दा चालक मोरङ, लेटाङ नगरपालिका–८ का ४५ वर्षीय नगेन्द्र खड्काको मृत्यु भएको हो । दुर्घटनामा पिकअपमा सवार...बाँकी

आज राष्ट्रियसभा तेस्रो अधिवेशनको बैठक बस्दै

आज राष्ट्रियसभा तेस्रो अधिवेशनको बैठक बस्दै

राष्ट्रियसभा तेस्रो अधिवेशनको बैठक आज बस्दै छ । शुक्रबार बस्ने बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ । बैठक अपरान्ह...बाँकी

धनुषामा जलेको अवस्थामा बालिकाको शव फेला

धनुषामा जलेको अवस्थामा बालिकाको शव फेला

धनुषाको मिथिला नगरपालिकामा जलेको अवस्थामा एक बालिकाको शव झाडिमा भेटिएको छ । मिथिला नगरपालिका–३, हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षीया दुतिया रैसेलीको शव जलेको अवस्थामा फेला परेको हो । बुधबार राति गाउँमा बिहेको भोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोलनजिक झाडीमा आधा जलेको अवस्थामा फेला परेको इलाका प्रहरी...बाँकी

खोक्रो राष्ट्रवादको अंहकारले प्रधानमन्त्री भरिनु भएको छ : गगन थापा

खोक्रो राष्ट्रवादको अंहकारले प्रधानमन्त्री भरिनु भएको छ  : गगन थापा

नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली खोक्रो राष्ट्रवादको अहंकारले भरिएको आरोप लगाएका छ । सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा गरिएको सम्बोधनले प्रधानमन्त्रीले भने जस्तो पहिलो वर्ष आधार वर्ष हो भनेर उत्साह जगाउन नसकेको नेता थापाको भनाइ छ । काँग्रेस नेता गगन...बाँकी