Flash News: महिलालाई राजनीतिक कार्यमा सहभागी नगराई कैदी जस्तो जीवन बाँच्न बाध्य पारिएको : नेता यादव | माओवादी केन्द्रभित्र भाडभैलो, समानान्तर कमिटी गठन | जुवाको खालबाट वडा अध्यक्ष पक्राउ | गल्छी–त्रिशूली सडक दैनिक आठ घण्टा बन्द | सार्वजनिक भयो पछिल्लो मत परिणाम, कस्तो छ त नेपाली कांग्रेसको अवस्था ? | देउवाले जथाभावी नियुक्ती दिएको भन्दै ओलीले दिए यस्तो चेतावनी | कांग्रेसले जती हल्ला फैलाए पनि पार्टी एकता रोकिदैन : प्रचण्ड | सरकारको जिम्मेवारी हस्तान्तरण गर्न आतुर छु : देउवा | एमालेले अध्याध्येशको बारेमा अनावश्यक टिकाटिप्पणी गरिरहेको छ : कांग्रेस नेता सिंह | एमालेले गलत काम लगाएर राष्ट्रपतिलाई विवादमा नल्याउँदा राम्रो : देउवा
nirwachan aayog

कमल थापाको भाषण – राप्रपालाई जिताउनुस्, सबै कुराको ग्यारेन्टी हुन्छ

तपाईको खबर संवाददाता प्रकाशित : असार ९, २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले वर्तमान अवस्थामा राप्रपाले नेपालमा सर्वधर्म र लोककल्याणकारी राज्य व्यवस्थापनको नीतिको पक्षमा रहेको र आफूहरुले राज्यको नीति पनि यही होस् भन्ने चाहेको बताएका छन् ।

बिहीबार उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा राप्रपा त्रियुगा नगरपालिका गाईघाटको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । उनले भने, ‘राप्रपाले वर्तमान अवस्थामा सङ्घीय गणतन्त्र नेपालभित्र लोककल्याणकारी राज्य व्यवस्था चाहेको र आफ्नो पार्टीले अहिले सो नीति लिएर अगाडि बढिरहेको छ ।’

आफ्नो पार्टी स्थानीय तहको चुनावमा विजय भए स्थानीय तहमा पहिला वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्तामा वृद्धि, निःशुल्क उपचार, बेरोजगारी युवाका लागि बेरोजगारी भत्ता र कक्षा १२ सम्म सबै जातजातिका विद्यार्थीका लागि निःशुल्क प्राविधिक शिक्षा र अन्य शिक्षाको ग्यारेन्टीसहित व्यवस्था गर्ने प्रतिबद्धता अध्यक्ष थापाको रहेको थियो ।

उनले यस्तै हिन्दू धर्मलाई सनातन धर्मको मान्यता दिएर अन्य धर्मप्रति सर्वधर्मको नीति लिँदै प्रत्येक नगर र गाउँपालिकामा हिन्दूको मन्दिर, बौद्धधर्मको गुम्बा, इस्लामको मस्जिद र क्रिश्चियनको चर्चको समेत निर्माण गरेर सबै धर्मको संरक्षणमा समेत जोड दिने नीति आफ्नो पार्टीको रहेको बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित