Nepal Mediciti Hospital Ad

सभामुख महरामाथि लागेको आरोपको निष्पक्ष छानबिन गर्न गगन थापाको माग

तपाईको खबर संवाददाता प्रकाशित : असोज १४, २०७६ Flash News, मुख्य खबर, राजनीति, समाचार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको बलत्कारको आरोपमाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

घटनाबाट आफू स्तब्ध भएको भन्दै थापाले कानूनी राज्यको सीमाभित्र रहेर घटनाको निष्पक्ष रूपमा छानबिन गरिनुपर्ने बताएका हुन् ।

बुटवलमा मंगलबार बिहान रिपोर्टर्स क्लबले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले भने, ‘उहाँमाथि आरोप लागेको छ । घटनाको निष्पक्ष छानबिन गर्नका लागि आफ्नो पदबाट अलग रहेर छानबिन गर्न सघाउनुपर्छ ।

घटनाले राज्यको क्षमतामाथि र देशको प्रतिष्ठामाथि आँच आएको छ । कानूनी र संसदीय सर्वोचतामाथि आँच पुगेको छ । प्रहरी प्रशासन कसैको दबाब र प्रभावमा नपरी तल्लो तहबाट घटनाको निष्पक्ष छानबिन गरिनुपर्छ ।’

पछिल्ला सरकारका गतिविधिले राज्यप्रति जनताको निरासा पैदा गराएको उनले बताए ।

ुसरकार तिल्मिलायो । सरकार खोक्रो बन्यो । जनतामा निराशा मात्र छायो । सरकारको वैधानिक शक्ति भएपनि शासन गर्ने नैतिक शक्ति सरकारसँग छैन,’ थापाले भने ।

सरकारविरुद्ध कांग्रेसले दशैंपछाडि संघर्ष गर्ने बताए । थापाले दशैंअगाडि नै कांग्रेसका सबै भ्रातृ संगठन र प्रदेश संरचनाले पूर्णता पाउने दाबी गरे ।

कांग्रेसले गठन गरेको छायाँ सरकार सहीरूपमा अगाडि बढ्न नसकेको थापाले स्वीकार गरे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित