Nepal Mediciti Hospital Ad

सभामुख महरालाई पदत्याग गर्न प्रधानमन्त्रीको निर्देशन

तपाईको खबर संवाददाता प्रकाशित : असोज १४, २०७६ Flash News, मुख्य खबर, राजनीति, समाचार
http://tapaikokhabar.com/wp-content/uploads/2019/02/pm-kp-1.jpg

यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएको बालुवाटार स्रोतले बतायो ।

“उहाँले आफ्नो निम्ति कानुनी उपचारमा जाने बाटो छँदैछ । तर अहिले आफूमाथि नैतिक र चारित्रिक प्रश्न उठिसकेपछि सभामुख पदमा बसिरहन मिल्दैन,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले जानकारी दिएको छ।

“कानुनी रुपमा लड्ने बाटो कायमै रहन्छ तर अहिले देश र जनतालाई हेरेर राजीनामा गर्न निर्देशन दिनुभएको छ,”स्रोतले भन्यो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित