Nepal Mediciti Hospital Ad

धादिङमा बस दुर्घटना ५ जना घाइते अरु यात्रु सकुशल

तपाईको खबर संवाददाता प्रकाशित : असोज १२, २०७६ Flash News, समाचार
accident

धादिङको नीलकण्ठ नगरपालिका–१३ मा यात्रुवाहक बस दुर्घटनामा परेको छ । नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको कैरौंजा गाउँमा दुर्घटना परेको हो ।

७ जना यात्रु रहेको बस पल्टिएर धान खेतमा खसेको जनाइएको छ । बस दुर्घटनामा ५ जना यात्रु घाइते भएका छन् ।प्रहरीका अनुसार सहचालकले चलाएका कारण बस दुर्घटना परेको हो ।

घाइते हुनेहरुमा नेत्रावती गाउँपालिका–५ का चन्डे दमाई, सन्तमाया गुरुङ, दलबहादुर तामाङ, हस्तकुमारी तामाङ र लक्ष्मी गुरुङ छन् ।

घाइतेहरुको धादिङबेसीस्थित अस्पतालमा उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित