आज : २०७६ कात्तिक ८ गते

Nepal Mediciti Hospital Ad

धनुषामा करेन्ट लागेर तीन जनाको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : असोज ८, २०७६ समाचार
death from eletricity

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर एकै परिवारका दुई जनासहित तीन जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनका श्रीमती र एक कामदार रहेका छन् ।

महतोले पुर्वेली स्टाफ होटल सञ्चालन गरेका थिए । सोही होटलमा सुतिरहेका महतो, उनका श्रीमती र कामदारको करेन्ट लागेर मृत्यु भएको धनुषाका प्रहरी प्रमुख एसपीले जानकारी दिए । मृतक कामदारको पहिचान भएको छैन।

घरमा सुतिरहेका बेला विद्युत सर्ट भएपछि तार जलेर तल खस्दा उनीहरुलाई करेन्ट लागेको प्रहरीको अनुमान छ । विहान ढिलोसम्म होटल नखोलेपछि स्थानीयले गएर हेर्दा मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित