आज : २०७६ कात्तिक ११ गते

Nepal Mediciti Hospital Ad

यस वर्षको फिफा वर्ष खेलाडीको अवार्ड लियोनल मेस्सीलाई

तपाईको खबर संवाददाता प्रकाशित : असोज ७, २०७६ खेलकुद, पत्रपत्रिकाबाट
MESSI-TAPAIKOKHABAR

लियोनाल मेस्सी फिफा वर्ष खेलाडी घोषित भएका छन् । बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी बनेका छन् ।

सन् २०१८ मा उत्कृष्ट खेलाडी घोषित हुँदै मेस्सीले फिफा वर्ष खेलाडी ‘द बेष्ट’ अवार्ड जितेका हुन् । सोमबार राति फिफाले इटालीको मिलान मेस्सीलाई ‘द बेष्ट’ अवार्ड प्रदान गरेको हो ।

मेस्सीले युभेन्ट्स र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भिर्गिल भान डाइकलाई पछि पार्दै अवार्ड जित्न सफल भएका हुन् ।

यस्तै फिफा वर्ष पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले जित्न सफल भएका छन् । उनले लिभरपुललाई च्याम्पियन्स लिग जिताएका थिए ।

महिलातर्फको वर्ष खेलाडीको अवार्ड मेगान रापिनोईले जितिन् । त्यस्तै वर्षको उत्कृष्ट गोल पुस्कास अवार्ड हंगेरीका डानियल जेसोरीले जित्न सफल भए । सिल्भिया ग्रेकोले फिफा फ्यान अवार्ड जिते ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित