आज : २०७६ कात्तिक १६ गते

Nepal Mediciti Hospital Ad

गोकर्णेश्वरमा ट्रकको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : असोज ७, २०७६ पत्रपत्रिकाबाट, समाचार
child-death

काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानमा आज बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भई गोकर्णेश्वर बस्ने राजु अहमदका दुई वर्षीय छोरा अरमानको मृत्यु भएको हो ।

गोकर्णस्थित महानगरीय प्रहरी प्रभागका प्रहरी नायब निरीक्षकले ट्रकले किचेका बालक अरमानको घटनास्थलमा मृत्यु भएको जानकारी दिएका छन् । उक्त ट्रकका चालक कृपाजित राई र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित