Nepal Mediciti Hospital Ad

सरकारी निकायको ‘घटिया काम’, स्वच्छ मासुको प्रचारमा गाईको फोटो !

तपाईको खबर संवाददाता प्रकाशित : असोज ७, २०७६ Big News, Flash News, मुख्य खबर
Photo_Tapaikokhabar

सरकारले मासुको प्रचारको लागि बनाएको पोस्टरमा गाईको फोटो समेत राखे पछि सामाजिक सञ्जालमा चर्काे बिरोध सुरु भएको छ ।

मासुको अत्याधिक खपत हुने चाढ नजिकिदै गएको बेला स्वच्छ मासुको बिज्ञापनको लागि सार्वजनिक गरिको पोस्टरको चौतर्फी बिरोध सुरु भएको छ । पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै हालै एउटा पोस्टर सार्वजनिक गर्‍यो । ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखिएको उक्त पोस्टर विवादास्पद बन्यो ।

उक्त पोस्टरमा नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गाईको समेत तस्वीर समावेश छ । मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखिएपछि विवाद भएको हो ।
पोस्टरका अन्य तस्वीरहरुमा पनि विचार पुर्‍याइएको छैन । स्वच्छ मासु भनिएको पोस्‍टरमा पाठाले दूध खाइरहेको बाख्राको तस्वीर पनि राखिएको छ ।

विभागका प्रवक्ता डा. चन्द्र ढकालले जनचेतनाको लागि पोस्टर डिजाइन गरिएको बताए । ‘कुनै गलत नियत राखेर यो काम गरिएको होइन,,’ उनले भने ।

यस सम्वन्धमा मंगलबार बिहान बसेको बैठकमा समेत छलफल भएको छ । बधशाला र मासु पसलमा वितरण गर्न बनाइएको ती पोष्टरबाट गाईको तस्वीर हटाउने गरी निर्णय भएको ढकालले बताए ।

विभागले हाल बजारमा पठाएको पोस्टर संकलन गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित