आज : २०७६ कात्तिक ६ गते

Nepal Mediciti Hospital Ad

कला लम्सालको ‘धानको चामल धानैको चिउरा’मा निखिल उप्रेतीको अभिनय

तपाईको खबर संवाददाता प्रकाशित : असोज ५, २०७६ फिल्म-संगीत, भिडियो, मनोरञ्जन
nikhil upreti

अभिनेता निखिल उप्रेती लोकगीतको म्युजिक भिडियोमा देखिएका छन् । ‘धानको चामल धानैको चिउरा’को म्युजिक भिडियोमा उनको अभिनय देख्न सकिन्छ ।

कला लम्सालले बजारमा ल्याएको यो गीतमा बद्री प‌ंगेनी, कला लम्साल र चन्द्र शर्माले स्वर दिएका छन् । यस्तै गीतको भिडियोमा निखिल र गायिका कलाको अभिनय देख्न सकिन्छ ।

फिल्मी शैलीमा निर्माण गरिएको गीतको भिडियो कला लम्सालको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ ।

गीतमा रमेश बि.जीको शब्द र तिलक ओलीको संगीत छ । त्यसैगरी भिडियोको निर्देशन शिव बिकले गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित