Nepal Mediciti Hospital Ad

सत्यराज आचार्यको स्वरमा ‘नलाएको माया’ सार्वजनिक (भिडियो सहित)

पृथ्वीराज ढुंगेल प्रकाशित : असोज ५, २०७६ Flash News, गजल, भिडियो, मनोरञ्जन, साहित्य
Satyarajachrya-Tapaikokhabar

नेपाली सुगम संगीतको क्षेत्रमा अब्बल रहेका सत्यराज आचार्यको स्वरमा सजिएको ‘नलाएको माया’ गजलसंग्रह सार्वजनिक भएको छ ।

गजलकार सुविद गुरागाईको गजल एल्बम ‘नलाएको माया’ शनिबार काठमाडौंमा लोकार्पित गरिएको हो ।

माता परिवारको निर्माणमा तयार पारिएको सो गजल एल्बम माता इन्द्रमाया पौडेल, अग्रज गजलगो बूँद राना, अग्रज गीतकार तथा कवि दिनेश अधिकारी, गजलगो रवि प्राञ्जल, राष्ट्रियसभा सदस्य विमला पौडेलले लोकार्पित गरेका हुन् ।

शनिबार भएको बिमोचन समारोहमा सहभागी भएका वरिष्ठ गायक उदय सोताङ, गायक–गायिकाहरू सञ्जीव धिमाल, निरा रानाभाट, बबिना भट्टराई, अस्मिता अधिकारी, श्रेय अगस्तीले गजलगो गुरागाईका शब्दहरूमा प्रत्यक्ष गायन प्रस्तुत गरेका थिए ।

यस गजलको भिडियो निर्देशन चर्चित निर्देशक निकेश खड्काले गरेका हुन् भने सत्यराज आचार्य, लइमी बर्देबा र जोर्डन राजभण्डारीको अभिनय देख्न सकिन्छ ।

बिमोचन समारोहमा उपस्थीत भएका डा. घनश्याम न्यौपाने परिश्रमी, धीरेन्द्र प्रेमर्षि, सुरेश सुवेदी लगायतले नेपाली गजलको साङ्गीतिक विकास क्रम र गुरागाईको गजलकारिताबारे विशेष चर्चा गरेका थिए ।

बिपिन किरणले सञ्चालन गरेको उक्त बिमोचन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो भने एल्बमलाई किरण क्रियसन बजार ब्यबस्थापन गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित