Nepal Mediciti Hospital Ad

‘लोक स्टार’को मन्चमा कतै रेकर्ड नभएका लोक गीत

पृथ्वीराज ढुंगेल प्रकाशित : असोज ४, २०७६ Big News, Flash News, बिशेष इभेन्ट, लाेकस्टार विशेष, समाचार
LokstarEpisode26_Tapaikokhabar

चाहाना मिडियाको आयोजनामा हाल सन्चालनमा रहेको आई.एम.ई. नेपाल लोक स्टारको शुक्रबारको एपिसोड लोक संगीत प्रेमीको लागि केहि पृथक बनेको छ ।

पछिल्लो समयमा बनेका सबै गीतहरु रेकर्ड भएर बजारमा विभिन्न माध्ययमा उपलब्ध हुन्छन् तर लोक स्टारको २६ औँ एपिसोडमा प्रस्तुत भएका गीतहरु कुनै पनि डिजिटल माध्ययमा उपलब्ध छैनन् । यदि छन भने पनि हाम्रै गाँउघरमा मेला तथा विभिन्न पर्वमा प्रस्तुत गरीएको बेलाको छन् ।

लोक गीत संगीतको संरक्षण, प्रवद्र्धन, विकास र विश्वव्यापी प्राचारको लागि सर्वाधिक धनराशी सहित आयोजना भएको नेपाल लोक स्टारमा शुक्रबारे एपिसोडमा पूर्वी नेपाल देखी पश्चिम नेपाल सम्मका गीतहरु समावेश छन् ।

अझ यो एपिसोडलाई विशेष बनाउन लोक संगीत र लोक संस्कृतीलाई नै आफ्नो अध्ययनको विषय बनाएर विधावारिधि गरेका डा. लोचन रिजालको समेत उपस्थीती रहेको या थियो । नेपाल लोक स्टारका उत्कृष्ट ८ प्रतिस्पर्धीले नै बेजेड प्रस्तुती दिएका थिए । यो एपिसोड सँगै लोक स्टारमा अब उत्कृष्ट ७ प्रतिस्पर्धीहरु बाँकी रहेका छन् ।

नेपालको सुदुरपश्चिम क्षेत्र देखि पूर्व क्षेत्र सम्ममा भेगीय रुपमा रहेका फरक फरक लोक गीतहरु प्रश्तुत भएका थिए । नेपाल लोक स्टारकै लोक संस्कृतीको अनुसन्धानको लागि जिम्मा पाएका डा. रिजालले आफूले तयार गरेको विभिन्न सांस्कृतीका झाँकीहरु समेत प्रस्तुत गरिएको थियो ।

हेरौँ नेपाल लोक स्टारको २६ औँ एपिसोडमा प्रस्तुत भएका गीतहरु

प्रतिकृया दिनुहोस्

सम्बन्धित