आज : २०७६ कात्तिक ४ गते

Nepal Mediciti Hospital Ad

बिपिनको मुख्य अभिनयमा ‘बटौली’

तपाईको खबर संवाददाता प्रकाशित : असोज २, २०७६ Flash News, भिडियो, मनोरञ्जन, साताका कलाकार
Batauli-Tapaikokhabar

बिपिन कार्कीको मुख्य अभिनयमा रहेको ‘बटौली’ गीत सार्वजनिक भएको छ ।

पछिल्लो समय नेपाली चलचित्रको क्षेत्रमा सर्वाधिक रुचाईएका कलाकार बिपिन कार्कीको फिचरिङ्गमा रहेको ‘बटौली’ गीत बुधबार सार्वजनिक भएको हो ।

बिपिन कार्की, अनु काफ्लेको मुख्य भूमिकामा निर्माण भएको गीत बटौलीमा स्वर भने मनिष ढकालको रहेको छ । एस.डि. योगीको संगीत रहेको यस गीतको भिडियो छायाँकन भने बबिन दुलालले गरेका हुन् ।
पुकार मनि राईले निर्देशन गरेको यस गीतमा शब्द भने हर्क साउदको रहेको छ ।

टिपिकल भाषामा गरिएको संवादसहित निर्माण भएको बटौली ओ.एस.आर. डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित