Nepal Mediciti Hospital Ad

संसद बन्द गर्ने देउवाको चेतावनी

तपाईको खबर संवाददाता प्रकाशित : असोज २, २०७६ Big News, Flash News, समाचार

नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले अब धेरै दिनसम्म संसद बन्द गर्ने चेतावनी दिएका छन् ।

बिहिबार संसदमा बोल्दै देउवाले सरकारले सरकारी कर्मचारी र सुरक्षा निकायलाई पार्टी कार्यकर्ताजस्तो बनाएको भन्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

‘सरकारी कर्मचारी कुनै पनि पार्टीको कार्यकर्ता बन्ने र बनाउने कार्य अक्ष्यम्य अपराध हो’ कांग्रेस सभापति देउवाले संसदमा भने, ‘म स्पष्ट रुपमा भन्न चाहन्छु, जनताले तिरेको ट्याक्सबाट तलब खाने, कुनै पार्टीको कार्यकर्ताजस्तो हुने कुनै हालतमा हुन सक्दैन, धेरै दिनसम्म रोष्टम बन्द हुन्छ ।’

शान्तिपूर्ण रुपमा भेला हुँदा बाँकेमा कांग्रेस नेताकार्यकर्तामाथि आक्रमण भएको भन्दै उनले उनीहरुलाई कारबाही गराउन पनि संसद अवरुद्ध गर्न पर्नु दुःखद रहेको बताए ।

जनताको जीउधनको सुरक्षा गर्नुपर्ने सरकार आफैंले राज्य आतंक सृजना गर्न खोजेको उनको आरोप छ ।

सरकारले संविधानको मर्म र भावनाअनुसार काम नगरेको तथा डेढ वर्षसम्म संविधानलाई सर्वस्वीकार्य बनाउन, संविधानप्रति जनताको अपनत्व कायम गर्न र संविधानको मर्म र भावनाअनुसार बाँकी कार्यभार पूरा गर्न असफल भएको देउवाले बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित