आज : २०७६ कात्तिक ६ गते

Nepal Mediciti Hospital Ad

पार्टनरशिप व्यवसाय गर्नेले सम्झनै पर्ने केहि कुराहरु

तपाईको खबर संवाददाता प्रकाशित : असोज २, २०७६ Flash News, अर्थ

भन्ने नै गरीन्छ पैसाको मुख कालो हुन्छ । त्यसमा पनि आफन्त र साथीभाईमा भएको कारोबारको कालो तथ्य खोज्न त हामी पर पुग्नै पर्दैन । हामीले स साना कुरामा ख्याल नगर्दा थोरै पैसाको कारण पनि सम्बन्धमा खलल आउने गर्दछ ।

त्यसैले यदि तपाई पनि पार्टनरशिप व्यवसायमा पैसा लगानी गर्दैै हुनुहुन्छ भने एकपटक सोच्नुहोस । ताकी भविष्यमा पछुताउनु नपरोस । व्यवसाय र साथीको सम्बन्ध एकै ठाउँमा मिसाउनबाट बच्नुहोस ।

पार्टनरशिप व्यवसाय सुरु गर्नु पूर्व विचार गर्नुपर्ने कुराहरु

१. तपाईको व्यवसायिक पार्टनरसँग पर्याप्त अनुभाव छ ?
सामान्य तथा व्यवहारीक जीवन र व्यवसायिक जीवन फरक फरक हुन् । राम्रो साथी हुनु भनेको उसले व्यवसाय पनि राम्रो गर्छ भन्ने होइन । लगानी गर्नुभन्दा अगाडि उसमा भएको उद्यमशिलता कस्तो छ ख्याल राख्नुपर्छ । के उसले पहिले कुनै कारोबार गरेको छ ।

यदि छ भने व्यवसाय कसरी चलिरहेको छ ? वा पहिले कुनै व्यवसाय गरेको छ भने त्यसमा साथी सफल भएको छ कि छैन ? के उसको शिक्षा दीक्षा उक्त काम गर्नका लागि सहयोगी बन्छ । कोही तपाईको असल साथी छ भन्ने आधारमा मात्रै पार्टनरसिप नगर्नुहोस ।

२.भविष्यको व्यवसायिक योजना के हो ?
पार्टनरशिप व्यवसाय सुरु गर्नु पूर्व विचार पुर्याउनु पर्ने् अर्को महत्वपूर्ण कदम हो पार्टनरको भविष्यको व्यवसायिक योजना
साथीसँग कुनै बिजनेश प्लान छ कि छैन ? यसले उक्त व्यवसाय कति समयसम्म चल्छ भन्ने थाहा हुन्छ । बिजनेश योजना मार्केट रिसर्चमा आधारित हुनुपर्छ ।

बिजनेस प्लानमा पैसा कति समयदेखि रिर्टन आउन सुरु गर्छ थाहा हुनुपर्छ । कति समयमा उक्त अवस्थामा पुग्नेछ जहाँबाट खर्च र आम्दानी बराबरी हुन्छ । यदि कुनै बिजनेस प्लान छैन भने लगानी भुलेर पनि गर्नु हुँदैन ।

३. व्यवसायमा प्रवेश गरे पश्चात तपाईको भूमिका

कुनै पनि व्यवसायमा प्रवेश गर्नुपूर्व नै व्यवसायमा पछि आफ्नो भूमिका के रहन्छ स्पष्ट हुनुपर्छ । व्यवसायमा तपाईको के भूमिका हुन्छ थाहा हुँदा काम गर्न सजिलो हन्छ ।

के पैसा लगानी गर्ने मात्रै तपाईको काम हो वा तपाईको निर्णयले पनि व्यवसायमा काम गर्छ ?

४. व्यवसायको भविष्यको जोखिम

राम्रो योजना तथा भरपूर उत्साह भए पनि खराबभन्दा खराब स्थितीका लागि तयार हुुनुपर्छ । बिजनेशलाई कुन चिजले खतरा हुन सक्छ जानकार हुनुपर्छ । व्यवसायमा नचल्दा तपाईहरु अगल हुनुपर्ने अवस्था पनि आउँछ । त्यसैले यसको खाका तयार पार्नु राम्रो हुन्छ ।

५. लिखित सम्झौता
सामान्य जीवनमा जस्तै सुकै सम्बन्ध भए पनि व्यवसायिक रुपमा आफू दरिलो हुनको लागि लिखित सम्झौता अनिवार्य छ । यसरी गरिएको सम्झौता कानूनी रुपमा समेत सुरक्षित हुन आवश्यक छ । यसले भविष्यमा हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्न सहयोगी हुन्छ ।

६. घाटा व्यहोर्नसक्ने मात्रै लगानी गर्नुस्
सामान्यतया व्यवसाय फाइदाका लागि नै गरिन्छ, तर व्यवसायमा सधैँ फाइदा मात्र हुन्छ भन्ने हुँदैन, त्यसैले कुनै पनि व्यवसायमा लगानी गर्नुपूर्व आफूले कति घाटा सहन सकिन्छ भन्ने कुराको समेत आंकलन गर्नुपर्दछ । त्यसैले जति गुमाउन सकिन्छ त्यतिमात्रै पैसा लगाउनुहोस ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित