आज : २०७६ कात्तिक ५ गते

Nepal Mediciti Hospital Ad

तालिबानी समूहको हमलामा परि ३० को मृत्यू, ९५ घाइते 

तपाईको खबर संवाददाता प्रकाशित : असोज २, २०७६ Flash News, अन्तर्राष्ट्रिय, समाचार
talibani-atack_Tapaikokhabar

दक्षिणी अफगानिस्तानस्थित तालिबानी समूहले फेरि हमला गरेको छ । जहाँ ३० जना मारिएका छन् । अरु ९५ जना घाइते छन् ।

अमेरिकाले वार्ता स्थगित गराएपछि हरेक दिन तालिबानी समूहले आक्रमण गर्दैआएको छ । बिहीबार जाबुल प्रान्तको राजधानी कलातमा ट्रक बम हमला भएको हो ।

रक्षा मन्त्रालयका अधिकारीहरुका अनुसार तालिबानी लडाकुहरुले सरकारको सुरक्षा निकायमाथि आक्रमण लक्षित गर्दैथिए । घाइतेहरुलाई नजिकैका अस्पतालमा उपचारका लागि लगिएको स्थानीय मिडियाले जनाएका छन् । घाइतेमा बालबालिका र महिलाहरु पनि छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित