आज : २०७६ कात्तिक ३ गते

Nepal Mediciti Hospital Ad

खुसी रहन गर्नैपर्ने १४ कामहरु

तपाईको खबर संवाददाता प्रकाशित : असोज २, २०७६ Flash News, जीवन शैली-यौन जिज्ञासा, रोचक विचित्र
Happy_Mood_Girl_Tapaikokhabar

२१ औँ शताब्दीमा मानिसहरु आफ्नो कामको व्यवस्थताको कारण अन्य कुराहरुको बारेमा खासै चासो दिदैनन् यति सम्म कि कहिले काँही मानिसहरु आफ्नो अवस्थाको बारेमा समेत अनविज्ञ हुन्छन् ।

खुसी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन्। कोही शान्त वातावरणमा रमाउँदा खुसी होलान् भने कोही आफ्नो मिल्ने साथीहरुसँग समय बिताउन पाउँदा खुसी होलान्। र, कोही आफ्नो सपनालाई पछ्याउँदै स्वतन्त्र रुपमा अगाडि बढ्नुलाई खुसी मान्लान्।

जे जस्तो भए पनि खुसी रहनु ठूलो कुरा हो। खुसीले मानिसलाई आत्मसन्तुष्टि दिन्छ। तपाईंलाई कसरी खुसी रहने भनेर जिज्ञासा छ भने केही उपायहरु अपनाउन सक्नुहुन्छ।

राम्रो बानीले खुसी रहन मद्दत गर्छ। त्यसो भए आफ्नो बानीमा परिवर्तन किन नगर्ने त रु सकारात्मक बानीलाई आफ्नो तालिकामा समावेश गर्नुस्। खुसी हुन सबैका आआफ्ना तरिका भए पनि उल्लेखित केही तरिकाहरु काम लाग्न सक्छन्।

मुस्कुराउनुस्
हामी खुसी हुँदा हाँस्ने गर्छौँ। हामी जब खुसी हुन्छौँ तब हाँस्छौँ। मुस्कुराउनु किन राम्रो हो भने यसले दिमागबाट डोपामिन नामक हार्मोन रिलिज गर्छ, जसले गर्दा हामी खुसी हुन्छौँ। हाँसोको मतलब बनावटी हाँसो होइन। हरेक बिहान ऐना अगाडि हाँस्ने अभ्यास गर्नुस्, खुसी हुन सिकिन्छ।

व्यायाम गर्नुस्
व्यायाम शरीरका लागि मात्र आवश्यक छैन। नियमित व्यायामले तनाव, चिन्ता अनि डिप्रेसनका लक्षणहरुलाई आत्मविश्वास र खुसीमा बदल्न मद्दत गर्छ। थोरै मात्र व्यायाम गर्दा पनि धेरै फरक पार्छ। ५ मिनेट पनि आङ तन्काउनुभयो भने हल्का हुन्छ। त्यसैगरी हिँड्ने बानी बसाल्न सक्नुहुन्छ। रातिको खाना खाएपछि एकछिन टहल्नु राम्रो हुन्छ। त्यसैगरी योग कक्षा पनि लिन सक्नुहुन्छ। नृत्य गर्नुहोस्, आफ्नो मनपरेको खेलकुद खेल्नुस् खुसी भइन्छ।

पर्याप्त मात्रामा सुत्नुस्
पर्याप्त मात्रामा सुत्नाले स्वास्थ्य राम्रो बनाउनुका साथै दिमागी सञ्चालन र भावनात्मक रुपले पनि राम्रो राख्छ। वयस्क मान्छेले राति कम्तीमा ७ देखि ८ घन्टा मज्जाले सुत्नुपर्छ। यदि दिउँसो निद्रा लाग्छ या आलस्य महसुस हुन्छ भने जान्नुस् तपाईंलाई आरामको जरुरत छ। सुत्ने र उठ्ने तालिका हरेक दिन एउटै बनाउनुस्। आफ्नो सुत्ने कोठा शान्त र सौम्य राख्नुस्। दिउँसो झप्को लिनु पर्दा २० मिनेट भन्दा बढी नलिनुस्। निद्रा नलागे चिकित्सकसँग सम्पर्क गर्नुस्।

कृतज्ञ हुन सिक्नुस्
आफू कृतज्ञ हुनुभयो भने तपाईंको मुडलाई पनि ऊर्जा प्राप्त हुन्छ। कृतज्ञ हुँदा आशा गर्ने बानी र खुसी रहने बानीमा पनि परिवर्तन आउने एक अध्ययन बताउँछ। आफ्नो वरिपरि रहेका सकारात्मक कुरालाई नियाल्न सिक्नुहोस्। राम्रा अनि सन्तुष्टि दिने कुरामा ध्यान दिनुहोस्, चाहे तपाईंलाई कसैले माया गर्छ वा तपार्इंको जागिरमा बढोत्तरी भएको छ, त्यसबाट खुसीको अंश निकाल्नुस्। सहपाठीले तपार्इंलाई सामान्य चिया गफको लागि निम्तो दियो वा छिमेकीले हात हल्लाएर हालखबर सोधे पनि मन खुसी पार्न सक्नुहुन्छ।

अरुको प्रशंसा गर्न सिक्नुस्
अध्ययनका अनुसार अरुलाई प्रशंसा गर्दा, दयाभाव देखाउँदा आफूलाई सन्तुष्टि दिन्छ। कसैैलाई राम्रो प्रतिक्रिया दिँदा उसलाई पनि राम्रो महसुस हुन्छ भने तपाईंको खुसीको सीमा पनि बढ्छ तर प्रशंसा गर्दा पनि सम्मानित तरिकाले गर्नुस्। यदि तपाईंले कसैलाई शारीरिक आवरणबाट प्रतिक्रिया जनाइराख्नुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस्।

लामो श्वास फेर्ने अभ्यास गर्नुस्
आफूलाई संयमित राख्न लामो श्वास लिनुस्। लामो श्वासप्रश्वासको व्यायामहरुले चिन्ताबाट मुक्त गर्ने हार्भर्ड हेल्थ बताउँछ। आँखा बन्द गर्नुस्, आफूले मनपरेको राम्रो ठाउँ र यादगार सम्झना कल्पिनुस्। त्यसैगरी विस्तारै लामो श्वास नाक र मुखबाट लिनुस्। यो प्रक्रिया धेरै पटक गर्नुस्, तपाईंलाई शान्त महसुस हुन्छ। यदि तपाईं कुनै गाह्रो अवस्थासँग गुज्रिराख्नुभएको छ भने यो प्रक्रिया अपनाउन सक्नुहुन्छ।

बेखुसीको क्षण पनि स्वीकार्नुस्
सकरात्मक कुरा जहिल्यै पनि राम्रो हुन्छ तर जहिले पनि जीवनमा त्यही भइराख्छ भने हुन्न। सकारात्मक र नकारात्मक चिज जीवनको दुई पाटा हुन्। केही अशुभ समाचार छ या तपाईंले केही गल्ती गर्नुभएको छ भने जबर्जस्ती खुसी हुने प्रयत्न नगर्नुस्। आफूले गरेको गल्ती या बेखुसीलाई पनि स्वीकार्नुस्। नराम्रो क्षण या दुःखद क्षण कस्तो हुन्छ भनेर आत्मबोध गर्नुस् र यो मनन गर्नुस् कि, किन आफू दुःखी हुन पुगेँ र फेरि त्यो नदोहो¥याउने प्रयत्न नगर्नुस्।

डायरी या टिपोट गर्ने बानी बसाल्नुस्
लेख्नु आफ्ना विचार तथा भावना पोख्ने अनि प्लानहरु बनाउने राम्रो माध्यम हो। यसरी लेख्दा मन हल्का हुन्छ। लेख्नका लागि तपार्इं विद्धान वा एकदमै लेख्न जान्ने हुनुपर्छ भन्ने छैन। हरेक रात सुत्नुभन्दा पहिले केही न केही लेख्ने बानी बसाल्नुस्।

साथीभाइसँग भेट्नुस्
मिल्ने साथी भयो भने धेरै कुरा सेयर पनि हुन्छ र खुसी रहन सकिन्छ। साथीहरुको याद आयो भने समय मिलाएर भेट्नुस्। प्रत्यक्ष भेटेर कुरा गर्दा र फोन तथा म्यासेजमा कुरा गर्दाको क्षण नै छुट्टै हुन्छ। जति ठूलो हुँदै गयो, साथीहरु पनि घट्दै जान्छन्। तर धेरै साथीहरु हुनु ठूलो कुरा होइन, मिल्ने साथी हुनुपर्छ। एउटै साथी भए पनि काफी हुन्छ। नत्र तपार्इंले साथीको रुपमा घरपालुवा जनावर पाल्न सक्नुहुन्छ। अहिले कुकुर पाल्ने निकै नै चलन छ। विभिन्न अध्ययनका अनुसार कुकुरले मानिसको सच्चा साथी र तनाव मुक्त गर्न सक्छ।

हप्तामा एकदिन फोन बन्द राख्नुस्
हप्तामा एकदिन भए पनि फोन बन्द राख्नुस्। हुन त हामी अहिले फोनबिना बाँच्नै नसक्ने जस्तै भएका छौँ। दिनरात फोन चलाउँदा मानिसमा सिर्जनात्मकता पनि घट्दै गएको छ। आफ्नो विद्युतीय सामान जस्तैः फोन, ल्यापटप, हप्ताको कम्तीमा एक दिन अफ गर्नुस्। यी कुरा त जहिल्यै आफूसँगै रहने वस्तु न हुन्। आफूसँग नहुँदाको क्षण सम्झनुस्, फरक पाउनुस्। आफ्नो दिमागलाई केही सोच्ने र गर्नको लागि खालि छोडिदिनुस्। पढ्नुस्, ध्यान गर्नुस्। हिँड्नुस्, आफ्नो वतावाणलाई पनि नियाल्नुस्। समाजसँग घुलमिल हुनुस् या एक्लै बस्नुस्, आफ्नो सार्थकता खोज्नुस्।

प्रकृतिसँग समय बिताउनुस्
प्रकृतिसँग कम्तीमा दिनको ३० मिनेट जति हरियालीमा समय बिताउनुभयो भने तपाईंको प्रेसर घट्नुका साथै डिप्रेसन पनि घट्ने एक अध्ययनले बताउँछ। घरछेउको पार्क होस् या घरपछाडिको सानो हरियाली ठाउँ या बगैँचा, तपाईंले प्रकृतिलाई महसुस गर्न सक्नुहुन्छ। स्वच्छ हावा पाउन सक्नुहुन्छ। यसले दिमागलाई तरोताजा राखेर मुड अन गर्छ।

ध्यान गर्ने बानी बसाल्नुस्
ध्यान गर्ने पनि विभिन्न उपाय छन्। अहिले अध्यामिकतामा पनि धेरै रुचि राख्ने गरिन्छ। तपाईंले समान्य ध्यान गर्नु सक्नुहुन्छ। ५ मिनेट शान्त भएर बस्नुस्, त्यो पनि ध्यान नै हो।

घुम्न निस्किनुस्
घुम्ने जाने साथी पाइराख्नुभएको छैन रु त्यसो भए एक्लै गइदिनुस्। एक्लै घुम्न जानुहुन्न भनेर कसले नियम बनाएको छ र रु आफ्नो मनपर्ने रेस्टुरेन्ट जानुस्, फिल्म हेर्न गइदिनुस् र आफूले जान चाहिरहेकोे ठाउँमा जानुस्। यदि तपाईं सामाजिक हुनुहुन्न भने आफू एक्लै भए पनि यस्ता क्रियाकलाप गरेर रमाउनुस्, यसले खुसी मिल्छ।

आफ्नो शरीरको ख्याल राख्नुस्
सबैभन्दा महत्वपूर्ण स्वास्थ्य नै हो। स्वस्थ्य भए खुसी रहन सकिन्छ। समयसमयमा चिकित्सकसँग शरीरको चेकजाँच गराउन आवश्यक छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित