Nepal Mediciti Hospital Ad

कसरी रोक्न सकिन्छ डेंगु रोग ?

तपाईको खबर संवाददाता प्रकाशित : असोज २, २०७६ Flash News, शिक्षा-स्वास्थ्य
dengu_Tapaikokhabar

पछिल्लो समय नेपाल लगायत विभिन्न मुलुकमा भाइरलको रुपमा े डेंगु रोग फैलिइरहेको छ । नेपालको अधिकांश जिल्लाहरुमा यसको संक्रमण रहेका बिरामीहरु फेला परेका छन् । कति जिल्लामा यसको उपचारको साथै रोकथामका उपायहरु प्रयोग भएका छन् भने कति जिल्लामा उपचारको लागि समेत सरकारको ध्यान जान सकेको छैन ।

भाइरलको रुपमा फैलिइरहेको डेंगु नियन्त्रणको लागि हामीले निम्न कुराहरुमा ध्यान दिन सकिन्छ ।

१. डेंगु प्रकृतिक संक्रमण हुने एक प्रकारको भाइरल हो। एडिस एजिप्टाइ नामक पोथी लामखुट्टेको र्‍यालग्रन्थीमा रहेको भाइरसयुक्त लामखुट्टेले टोकेमा अथवा डेंगु संक्रमित एक बिरामीलाई लामखुट्टेले टोकेर अर्को निरोगी व्यक्तिलाई टोकी डेङ्गु ज्वरो सर्न सक्छ। त्यसकारण लामखुट्टेको टोकाइबाट जोगिनु यसको उत्तम हुन्छ।

२. डेंगु भाइरल प्रकृतिक रोग भएकाले यसको कुनै पनि निश्चित उपचार हुँदैन। यो रोगको प्रकृति बुझ्ने, यसका खतराबाट बच्ने र खतराका चिन्ह देखिएमा विषेशज्ञ चिकित्सकको निगरानीमा रहेर उपचार गर्नु नै सर्वोत्तम उपाय हो।

यो रोगको विरुद्ध दिइने रोग निरोधक भ्याक्सिन पनि विकसित भई नसकेको हुनाले रोग सार्ने लामखुट्टेबाट बच्न लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्नु नै यसबाट बच्ने मुख्य उपाय हो।

३. डेङ्गु संक्रमण गराउने लामखुट्टे विषेशगरी सफा पानी जमेको ठाँउजस्तै गमला, फुलदानी, निर्माण सामाग्री, टायरमा जमेको पानी, आदिमा बस्ने गर्दछ। यी लामखुट्टे विशेषगरी दिउँसो र साँझको समयमा बढी सक्रिय हुने गर्छन्। त्यस समयमा विषेश सर्तकता उपनाउनु महत्वपूर्ण हुन्छ।

४. लामखुट्टेमार्फत् मानिसमा संक्रमण भएपछि करिब ३ दिन जति समय यसको लक्षण देखा नपर्न सक्छ भने डेङ्गु लागिसकेपछि यसका ३ वटा चरण हुन्छन्।

फेब्राइल अवस्थाः यो अवस्थामा बिरामीलाई चर्को ज्वरो आउने, टाउको दुख्ने, ढाडरकम्मर दुख्नेजस्ता लक्षण देखिन्छन्। यो अवस्था ३ देखि ५ दिनसम्म रहन सक्छ।

क्रिटिकल अवस्थाः यो अवस्थामा मानिसको रगतमा पेटेलेट्सको मात्रा अत्यधिक मात्रामा घट्न पुग्छ। १००० हजार एमएम वा त्यो भन्दा कम पनि हुन सक्छ। त्यो अवस्थालाइ डेंगु हेमोरेजिक फिभर भनिन्छ। क्रिटिकल अवस्थामा कहिलेकाहीँ डेङ्गु शक सिन्ड्रम पनि देखिन सक्छ। यस्तो अवस्थामा बिरामीको रक्तचाप अचानक घट्न गई बिरामी बेहोस पनि हुन सक्छ। यो बेला बिरमीले उपयुक्त उपचार नपाएमा बिरामीको मृत्युसमेत हुन्छ।

रिकभरी अवस्था ः यो अवस्थामा बिरामीको स्वास्थ्य सुधारोन्मुख हुन थाल्छ। बिरामीको ज्वरो कम हुँदै जान्छ र पेटेलेट्सको मात्रा बढदै जान्छ। टाउको र शरीरको दुखाइ कम हुन थाल्छ। रक्तचाप कम हुँदै जान्छ र शरीरमा आएका डाबर हराएर जान थाल्छन्।

५. एउटा मानिसलाई उसको जीवनकालमा ५ पटकसम्म डेङ्गुको संक्रमण हुन सक्छ। एकपटक संक्रमित भाइरसको एन्टिजेनले जिवनभर प्रतिरोधात्मक क्षमता विकास गर्छ। तर पहिलो पटकभन्दा दोस्रो पटक वा त्यसपछि डेङ्गु हुँदा खतरनाक अवस्थाहरु जस्तैः डेङ्गु हेमोरेज वा डेङ्गु शक सिन्ड्रममा जाने संभावना बढी हुन्छ। तसर्थ एकपटक डेङ्गु भएका बिरामीहरुले जोखिम कम गर्न होसियारी अपनाउनु पर्छ।

६. डेङ्गु रोगको निदान गर्न चर्को ज्वरो आएको अवस्थामा शरीरमा नयाँ डाबर देखिनु, सातो रक्तकोषको मात्रा ४,००० एमएम ३ भन्दा कम हुनु, प्लेटलेट्स को मात्रा १०००० भन्दा कम हुनुले मुख्य आधार दिन्छ।

प्रत्यक्ष भाइरस परीक्षण गर्न नसक्ने हुँदा भाइरसले मानिसको शरीरमा छोड्ने एक प्रकारको प्रोटिन एनएस १ एन्टिजिन अथवा त्यसको विरुद्धमा मानव शरीरले सुरुमा उत्पादन गर्ने एन्टिबडी आइजिएम र त्यसपछि देखिने आइजिजीको परीक्षण नै सजिलो र भरपर्दो परीक्षण हो।

७. भाइरल प्रकृति भएको हुनाले डेङ्गु ज्वरोमा एन्टिबायोटिक औषधीहरूको कुनै भूमिका हुदैन। यथेष्ट आराम गर्ने, प्रशस्त झोलिलो पदार्थको सेवन गर्ने, चिकित्सकको निगरानीमा रहने र खतराको अवस्था आएमा चिकित्सकै परार्मशमा उपचार लिनु जरुरी हुन्छ।

सेतो रक्तकोषको मात्रा धेरै घटेर रोग प्रतिरोधात्मक क्षमता एकदमै कमजोर भएमा एन्टिबायोटिकको भूमिका आंशिक हुन सक्छ। जथाभावी नदुख्ने औषधीहरू र मासु वा रगतमा इन्जेक्सनको प्रयोग गर्नु हुदैन।

८. लामखुट्टे नष्ट गर्न अपनाइने मास केमिकल स्प्रे वयस्क लामखुट्टे मार्न विगतमा अपनाइएको तरिका स्वीकारयोग्य भए पनि केमिकलबाट हुने मानवीय क्षति हुनसक्ने भएकाले केमिकल स्प्रे घातक हुन सक्ने विश्व स्वास्थ्य संगठनको ठहर छ। यसले गर्दा यो विधि ठूलो समुदायमा लामखुट्टे नष्ट गर्ने उत्तम उपाय हुन सक्दैन।

९. डेङ्गु ज्वरो नियन्त्रणका लागि लामखुट्टेको बासस्थान नष्ट गर्नु नै सबैभन्दा उत्तम उपाय हो। यसैले घर वरपरका खाल्डाखुल्डी गर्नु, निमार्ण सामग्रीको उचित व्यवस्थापन गर्नु फुलदानी र गमलामा पानी जम्न नदिनु पानीका भाडा ढाकेर राख्ने, साँझ पख लामखुट्टे रहन सक्ने ठाँउमा नजाने, आदि कार्यहरूले लामखुट्टेको बासस्थान नष्ट हुन गई यसबाट हुने सक्ने खतराको जोखिम कम हुन्छ।

१०. डेङ्गु ज्वरो नियन्त्रण चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य निकायहरु, स्थानीय सरकार नागरिक समाज पत्रकारलगायत सबै सरोकारवालाको प्रयास, सचेतना र कार्ययोजनाको जिम्मेवारी हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित