आज : २०७६ कात्तिक ७ गते

Nepal Mediciti Hospital Ad

बिहिबार पनि सुनको भाउ घट्यो

तपाईको खबर संवाददाता प्रकाशित : असोज २, २०७६ अर्थ, आर्थिक खबर, समाचार
gold bar

बिहिबार पनि सुनको भाउ घट्यो केहि समय अघि लगातार उकालो लागेको सुनको भाउ भदौ अन्तिम सातादेखि भने ओरालो लागेको छ । लगातार घट्न थालेको सुनको मूल्य बिहीबार भने प्रतितोला ३ सयले घटेर ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ ।

स्थानीय बजारमा छापावाला सुनको मूल्य ७० हजार ७०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। बुधबार छापावाला सुन प्रतितोला ७१ हजार ३०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य ७० हजार ४०० रुपैयाँ कायम गरिएको छ। चाँदीको मूल्य पनि घटेर प्रतितोला ८५५ रुपैयाँ पुगेको छ । बुधबार चाँदी तोलाको ८७० रुपैयाँमा कारोबार भएको थियो।

साउनको पहिलो सातादेखि उकालो लाग्न थालेको सुन भदौ अन्तिमसम्म पनि घटेको थिएन।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा त्यसको प्रभाव परेको महासंघले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित