आज : २०७६ कात्तिक ८ गते

Nepal Mediciti Hospital Ad

एक महिनामा कतिले लिए ‘पान’ ?

तपाईको खबर संवाददाता प्रकाशित : असोज २, २०७६ आर्थिक खबर, मुख्य खबर

सरकारले कर सम्बन्धी नयाँ नीति तथा तलब बैंक खाताबाट दिनुपर्ने तथा एक हजार रुपैयाँभन्दा बढीको भुक्तानीमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था लागू गरेपछि साउनमा मात्र २ लाख ९१ हजारले नयाँ प्यान लिएका छन् ।

अर्थ मन्त्रालयका अनुसार साउनमा मात्र २ लाख २५ हजार ४०९ जनाले व्यक्तिगत लेखा नम्बर लिएका छन् । २०७६ असार मसान्तसम्म ९ लाख ९३ हजार जनाले प्यान लिएका थिए ।

नयाँ थपिएकासहित व्यक्तिगत लेखा नम्बर लिनेको संख्या १२ लाख ४७ हजार ४८९ पुगेको छ । साउनमा ३६ हजार १३८ व्यावसायिक स्थायी लेखा नम्बर (बी प्यान) लिइएको छ भने करकट्टी गर्ने ३६७ निकायले स्थायी लेखा नम्बर लिएका छन् ।

यीसहित हालसम्म हालसम्म २४ लाख ६३ हजार १४ प्यान नम्बर बाँडिसकिएको मन्त्रालयले जनाएको छ । वार्षिक ५० लाख रुपैयाँभन्दा कमको कारोबार हुने साना उद्योग व्यवसायले व्यावसायिक स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था छ ।

साउनमा ११ हजार ३२२ उद्योग व्यवसाय मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका भएका छन् भने थप ५ हजार ६८६ उद्योग व्यवसाय अन्तःशुल्कमा दर्ता भएका छन् ।

नयाँ थपिएका करदातासमेत देशभरि करदाताको संख्या २७ लाख ७१ हजार नाघेको छ । असार मसान्तमा यो संख्या २४ लाख ६३ हजार थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित