Nepal Mediciti Hospital Ad

चर्चा सन्नीको मात्र, दर्शक तान्न असफल रह्यो ‘पासवर्ड’

तपाईको खबर संवाददाता प्रकाशित : असोज १, २०७६ फिल्म-संगीत, मनोरञ्जन
sunnyleone

बलिउडमा सर्वाधिक धेरै खोजी गरिने नायिका तथा  सनी लियोनीले आइटम डान्स गरेको फिल्म भनेर चर्चामा आएको फिल्म ‘पासवर्ड’ बक्स अफिसमा नराम्रोसँग चिप्लियो । यो फिल्म रिलिजको दुई दिनमै पत्तासफ भइसकेको थियो । जबकि, फिल्मको प्रिमियर ठूलो तामझामका साथ गरिएको थियो ।

फिल्मकै प्रचारका लागि सनी लियोनी नेपाल आउने भएपछि सनीको त चर्चा चल्यो । तर, फिल्मको चर्चा चलेन । न त फिल्मका अन्य कलाकारको नै चर्चा भयो । सनी लियोनीले नेपाली फिल्ममा आइटम डान्स गरेको भन्नेबाहेक अरु कुनै चर्चा भएन । फिल्म पनि असफल भयो ।

खबरलाई आधार मान्ने हो भने सनी लियोनीलाई अभिनय गराउन फिल्म युनिटले झण्डै २ करोड खर्चेको थियो । तर, सनी लियोनीलाई यो फिल्म खेलाउनु पनि बालुवामा पानी खन्याएजस्तै भयो । प्रिमियरमै फिल्म हेरेका दर्शकले पनि यो फिल्म हेरेर गाली गरे ।

तामझाम र हल्लाखल्लाले फिल्म चल्ने भए शायदै नेपाली फिल्म फ्लप हुने थिएनन् । ‘पासवर्ड’ मा बलिउड सेलिब्रेटीलाई ल्याएर अभिनय त गराइयो तर फिल्मको कथा र अन्य संरचना निकै अस्तव्यस्त हुँदा फिल्म फ्लप भयो । गीत मात्र हेर्न दर्शक हलसम्म जाने भए उक्त गीत दर्शकले पहिले नै युट्युबमा हेरिसकेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित