Nepal Mediciti Hospital Ad

३ दिनदेखि स्थिर छ सुनको मूल्य आज कति ?

तपाईको खबर संवाददाता प्रकाशित : असोज १, २०७६ अर्थ, आर्थिक खबर
gold bar

सुनको मूल्य बुधबार (असोज १ गते) स्थिर छ । छापावाल सुन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । विगत तिनदिन देखि यही मूल्यमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन भने तोलामा ३१ हजारमा कारोबार भइरहेको छ।यता चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ८ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य ८६५ थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित