आज : २०७६ कात्तिक ६ गते

Nepal Mediciti Hospital Ad

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज ६९ औं जन्मदिन

तपाईको खबर संवाददाता प्रकाशित : भदौ ३१, २०७६ Flash News, अन्तर्राष्ट्रिय
Narendra-Modi-tapaikokhabar-jpg

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (मंगलबार) ६९ औं जन्मदिन मनाउँदैछन् ।जन्मदिनको कार्यक्रम मोदीले नर्मदा जिल्लामा मनाउने निर्णय गरेका छन् ।

त्यसका लागि उनी सोमबार राति नै गुजरात पुगिसेका छन् ।जन्मदिनको दिन उनले बिहानै आफ्नी आमा हीराबेनलाई भेटेर आर्शिवाद लिएका छन् । त्यसपछि उनले नर्मदा नदीको सरदार सरोवर बाँधमा आयोजित विशेष पूजामा सहभागी हुनेछन् ।

यो बाँधको प्रधानमन्त्री मोदीले २०१७ को १७ सेप्टेम्बर अर्थात २ वर्षअघिको जन्मदिनका अवसरमा उद्घाटन गरेका थिए ।प्रधानमन्त्री जन्मदिन मनाउन सरदार सरोवर बाँध आउने भएपछि बेलुकैदेखि बाधँमा विजुली बालेर झिलिमिलि पारिएको थियो ।

मोदीको जन्मदिनको शुभकामना दिँदै गुजरातका मुख्यमन्त्री विजय रुपाणीले ट्वीट गर्दै उनलाई जन्मदिनको शुभकामनासहित भनेका छन्, ‘हाम्रा प्रिय प्रधानमनत्री नरेन्द्र मोदीजीको जन्मदिन केवाडियामा मनाउँनेछौं । उहाँको जन्मदिनको अवसरमा नमामि देवी नर्मदा महोत्सव हुनेछ ।’

त्यसपछि उनले केवाडियामा आयोजित एक सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित