Nepal Mediciti Hospital Ad

‘नेपाल लोक स्टार’मा बाँकी रहे नौ प्रतिस्पर्धी, विदा भए सुशील

तपाईको खबर संवाददाता प्रकाशित : भदौ २५, २०७६ लाेकस्टार विशेष
sushil acharya

मौलिक रियालिटी शो (सांगीतिक प्रतियोगिता) ‘नेपाल लोक स्टार’मा अब नौ जना प्रतिस्पर्धी बाँकी रहेका छन् । बिहीबारको प्रस्तुतीका आधारमा सुशील आचार्य बाहिरिएपछि ९ जना प्रतिस्पर्धी बाँकी रहेका हुन् ।

बुटवलका सुशीलले ‘नेपाल लोक स्टार’मा रामराम बनैमा, गलबन्दी, टुङ्गनाको धुनमा, आगे आगे तोपैको गोला, साईली रिमाइ, फूलमा मौरी, झम्के गुलेली, नाच फिरिरी लगायत गीत गाएका थिए ।

नेपाल आइडल सिजन–२ मा थिएटर राउन्डसम्म पुगेका सुशील वुटवल आइडल ०७४ का विजेता पनि हुन् । टप २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्रतिस्पर्धीको निर्णय भइरहेको छ ।

प्रतियोगितामा अब रामकुमार नेपाली, रवीराज शाह, चेतन गोतामे, प्रभुराज पाण्डे, शनी विश्वकर्मा, मुना अर्याल, विनोद दनुवार, पविन्द्र सुनार र दीपेन्द्र राई बाँकी छन् ।

३६ औं श्रृंखलासम्म प्रशारण हुने कार्यक्रमका विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित