Nepal Mediciti Hospital Ad

किन हुन्छ मानिसहरुमा नङ टोक्ने लत ? यस्ता छन् कारणहरु

तपाईको खबर संवाददाता प्रकाशित : भदौ २५, २०७६ रोचक विचित्र, शिक्षा-स्वास्थ्य
nail-tapaikokhabar

नङले बाहिरी प्रभाव तथा आक्रमणबाट औँलालाई बचाउने गर्दछ । नियमित रुपमा बढ्ने नङ हरेक साताजसो काट्न योग्य हुन्छन् । दैनिक हातको कामकाज गर्नेहरुको नङ भने घस्रिएर होस् वा ठोक्किएर झर्ने वा घट्ने गर्दछ । तर कतिपय मानिस भने नङलाई टोकेर नै घटाउने गर्दछन् ।

सायद तपाईंलाई थाहा नहुन सक्छ, विश्वका करौडौँ मानिसहरु नङ टोक्ने गर्दछन् । यसरी नङ टोक्नुको पछाडी केहि मनोवैज्ञानिक कारण पनि छन् ।

१. मनोवैज्ञानिकका अनुसार धेरै चिन्तन गर्ने वा चिन्तामा रहने मानिस नङ टोक्ने गर्दछन् ।

२. पट्यारलाग्दो अवस्था वा मानिसलाई मानसिक रुपमा धिक्दारी महसुस हुँदा पनि नङ टोक्न पुग्दछन् ।

३. सानैदेखि नङ टोक्ने बानी परेकाले समेत पछिसम्म नङ टोक्न छाड्दैनन् ।

४. मानिसहरुमा व्यक्तित्वको अस्थिरताको कमीले समेत नङ टोक्ने लत बस्छ ।

५ .ठूला समस्या वा डरमासमेत समाधानको बाटो खोज्ने क्रममा मानिसले नङ टोक्दछन् ।

६. आफूमा भएको रिसलाई नियन्त्रणमा ल्याउन समेत मानिस नङ टोकेर शान्त बन्दछन् ।

७. नङ चपाउनुको पछाडी मानिसमा भएको अतिवादी सोच, महत्वकांक्षा र हिन भावना रहने गरको मनोवैज्ञानिकहरुको ठहर छ ।

८. काम नहुँदा वा मनोवैज्ञानिक रुपमा सबल नहुँदा पनि मानिस नङ टोक्ने गर्दछन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित