आज : २०७६ कात्तिक १३ गते

Nepal Mediciti Hospital Ad

रिंगरोडमा सोमबारदेखि विद्युतिय बस सञ्चालन हुने

तपाईको खबर संवाददाता प्रकाशित : भदौ २२, २०७६ Flash News, पर्यटन-ऊर्जा, मुख्य खबर, समाचार
eletric car

प्रदूषणले अस्तव्यस्त बनाइरहेको काठमाडौंको सार्वजनिक यातायातमा सोमबार(भोली)बाट विद्युतीय बसको सञ्चालन हुने भएको छ । सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थाल्न लागेको हो ।

सुन्दर यातायात प्रालिले चीनबाट १८ वटा लामा आकारका विद्युतीय बस भित्र्याउँदै छ । तत्कालै ७ वटा बसमार्फत सेवा थाल्ने योजना कम्पनीको छ । केही दिनभित्रै ५ वटा बस काठमाडौं आइपुग्दैछन् । ट्रली बसपछि काठमाडौंमा पहिलो पटक सार्वजनिक प्रयोजनमा बिजुली बस चलाउन कम्पनीले रिंगरोडको रुट पाएको कम्पनीका अध्यक्षले जानकारी दिएका छन् ।

कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ । यो वर्षभित्रै २५ वटा बस काठमाडौंमा चलाउनका लागि ल्याइने अध्यक्षले बताए । कम्पनीले प्रति बस एक करोड ६२ लाख मूल्य खर्चिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित