Nepal Mediciti Hospital Ad

यसबर्ष दशैंको टीकाको साइत १० बजेर ३५ मिनेटमा

तपाईको खबर संवाददाता प्रकाशित : भदौ २२, २०७६ Flash News, समाचार
Dashain-sait

यसपटकको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा परेको बताइएको छ । नेपाल पञ्चाङग निर्णायक समितिले जनाए अनुसार २१ गते १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको दशैंको टीकाको साइत २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको हो । त्यस्तै ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको समितीले जनाएको छ ।

१८ गते शनिबार फूलपातीको दिन तुलजा भवानी यात्रा बिहान ८ बजेर ५२ मिनेटमा गराउँदा उत्तम हुने बताइएको छ । टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा भए पनि टाढा पुग्नुपर्नेले भने छिटै टीका लगाउने गरेको पनि पाइन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित