Nepal Mediciti Hospital Ad

आलोचना खेप्दै पनि ‘साहो’ले गर्यो बम्पर ब्यापार

तपाईको खबर संवाददाता प्रकाशित : भदौ २२, २०७६ मनोरञ्जन
saaho

बहुप्रतिक्षित चलचित्र ‘साहो’ले बक्स अफिसमा धमाकेदार कमाइ गर्न सफल भएको छ ।

प्रदर्शन अगावै चलचित्रले दर्शकको ध्यान खिच्न सफल भए पनि प्रदर्शनमा आएपछि रिभ्यु भने गतिलो पाउन सकेन । तर पनि चलचित्रको कमाइ भने ओरालो लागेको छैन ।

मिडिया रिपोर्टका अनुसार ९ दिनसम्म यस फिल्मले हिन्दी भाषामा मात्र लगभग १ सय २७ करोडको कमाइ गर्न सफल भएको जनाइन्छ ।

चलचित्रले विश्वभरबाट ३ सय ८० करोडभन्दा बढीको कमाई गर्न सफल भएको छ । लामो समय लगाएर निर्माण गरिएको यस फिल्मबारे नकरात्मक टिप्पणी भएतापनि कमाइ भए उल्लेख्य गर्न सफल भएको छ ।

प्रभासको प्रमुख भुमिका रहेको यस फिल्मलाई सुजितले निर्देशन गरेका हुन् । चलचित्रमा श्रद्धा कपुर, चक्की पाण्डेको प्रमुख भुमिका रहेको छ । चलचित्रमा ज्याकलिन फर्नान्डेजको पनि भूमिका रहेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित