Nepal Mediciti Hospital Ad

दाङमा ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : भदौ २२, २०७६ Flash News, समाचार
death_body_Tapaikokhabar

दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरामा ट्र्याक्टरले ठक्कर दिँदा १४ वर्षीय अनील विकको मृत्यु भएको छ ।

आफ्नै घरको आँगनमा बसिरहेका अनीललाई रा १ त २६३१ नंको ट्र्याक्टर अनियन्त्रित भई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षकले जानकारी दिएका छन् ।

चालकले मादकपदार्थ सेवन गरेर चलाएकाले दुर्घटना भएको प्रहरीको भनाइ छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित