Nepal Mediciti Hospital Ad

प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद : गगन थापा

तपाईको खबर संवाददाता प्रकाशित : भदौ १८, २०७६ Big News, Flash News, मुख्य खबर, समाचार
Gagan-Kumar-Thapa-Tapaikokhabar (1)

विदेश उपचार गर्नु परेमा सरकारले उपचार खर्च सरकारले नव्यहोर्ने कानूनको पालना गरेकोमा नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

सिंगापुरमा उपचाररत प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गर्दै, विदेशमा उपचार गर्नु परेमा सरकारले उपचार खर्च सरकारले नव्यहोर्ने कानूनको पालना गरेकोमा धन्यवाद दिएका हुन् ।

तर प्रधानमन्त्रीको उपचारबारे सरकारले संसदलाई यथार्थ जानकारी नगराएको भन्दै असन्तुष्टि जनाए । प्रधानमन्त्रीका निजी चिकित्सकलाई उद्धृत गर्दै आएका समाचारहरुका आधारमा स्वास्थ्य सुधार उन्मुख रहेको अनुमान लगाउन सक्ने भन्दै उनले सम्पूर्ण सुधारको कामना गरे । उनले अघि भने, ‘मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको सक्रियता, इच्छाशक्ति र योगदान संसारका लागि नमूना बनोस् ।’

तर केही चिकित्सकले संकेत गरेको जस्तो पटकपटक विदेश गएर वा विश्राम लिएर उपचार गर्नु पर्ने भए के गर्ने भन्ने प्रश्न उठाए । प्रधानमन्त्री आलंकारिक पद नभएको र पछिल्लो समय कार्यबोझसमेत बढाइएको भन्दै उनले भने, ‘उहाँले यो सबै गर्ने इच्छाशक्ति राख्नुहुन्छ भन्नेमा दुईमत छैन । तर इच्छाशक्ति मात्र सबै कुरा होइन । शारिरीक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्छ ।’

प्रधानमन्त्री राष्ट्रिय सुरक्षा, अखण्डता, सार्वभौमसत्ताको कस्टोडियन भएको भन्दै कांग्रेस सांसद थापाले भने, ‘कार्यकारी प्रमुख एकै पटक लामो समयसम्म देश बाहिर बस्दा राष्ट्रिय सुरक्षा, कूटनीतिक मर्यादा आदिमा जोखिमको प्रश्न त छँदैछ, प्रत्येक २र३ महिनामा १०र१२ दिन विदेश गएर टेलिप्रिजेन्टमार्फत मन्त्रीहरुको ब्रिफिङ लिएर देश चलाएर शासकीय जिम्मेवारी पूरा हुन सक्दैन ।’

सांसद थापाले भने, ‘प्रधानमन्त्रीको मनको इच्छाको सम्मान गर्छु र फेरि पनि कामना गर्छु कि फर्किएर आएपछि प्रधानमन्त्रीले रोष्टममा उभिएर हामीलाई बताइदिने अवस्था बनोस् । हामी सबै प्रार्थना गर्छौं कि विश्राम नलिन, काम गर्न सक्ने हुनुहोस् । आवश्यकता पर्दा  काम गर्न सक्ने हुनुस् । तर त्यस्तो अवस्था आउँदैन भने ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित