Nepal Mediciti Hospital Ad

सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा

तपाईको खबर संवाददाता प्रकाशित : भदौ ८, २०७६ Flash News, अर्थ, आर्थिक खबर
golden bangels

पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज (आइतबार) छापावाला सुनको मूल्यमा प्रतितोला एक हजार २ सय रुपैयाँले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रतितोला एक हजार २ सयका दरले वृद्धि भएको छ । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७२ हजार २ सय पुगेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ७१ हजारमा कारोवार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । यसअघि प्रतितोला ५र१० का दरले वृद्धि हुँदै आएको चाँदीको मूल्यमा आज प्रतितोला २० वृद्धि भएको छ । स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला ८५० पुगेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ८३० मा खरीदबिक्री भएको थियो ।

गत साउनको शुरुआतदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको थियो । साउन महीनामा सुनको मूल्य प्रतितोला ७ हजार र चाँदीको मूल्य प्रतितोला ९५ ले वृद्धि भएको थियो । भदौ महीना लागेपछि पनि दुई पटक सुनको मूल्य वृद्धि भएको छ । भदौमा छापावाला र तेजाबी सुन प्रतितोला रु एक हजार ५०० ले वृद्धि भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित