आज : २०७६ कात्तिक ४ गते

Nepal Mediciti Hospital Ad

चलचित्र ‘पासवर्ड’को ट्रेलर सार्वजनिक

तपाईको खबर संवाददाता प्रकाशित : भदौ ८, २०७६ कला खबर, फिल्म-संगीत, भिडियो, मनोरञ्जन
password

सनी लियोनीले आइटम डान्स गरेका कारण चर्चामा रहेको फिल्म ‘पासवर्ड’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलर शनिवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, प्रविण खतिवडा, धिरेन शाक्य लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रको ट्रेलरमा एक्सनका साथै सस्पेन्स देख्न सकिन्छ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्र ‘पासवर्ड’ मा सम्राट बस्नेतको निर्देशन छ । विदेशमा समेत छायांकन गरिएको यो चलचित्रको रिलिजअघि राम्रै चर्चा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित