Nepal Mediciti Hospital Ad

ब्राजिलको अमेजन वनक्षेत्रमा लागेको डढेलो अझै नियन्त्रण भएन

तपाईको खबर संवाददाता प्रकाशित : भदौ ६, २०७६ Flash News, अन्तर्राष्ट्रिय, मुख्य खबर
amazon rainforest

ब्राजिलको सबैभन्दा धेरै पानी पर्ने अमेजन वनक्षेत्रमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै डढेको लागेको तथ्याङ्क देशको अन्तरिक्ष निकायले सार्वजनिक गरेको छ।

न्याश्नल इन्स्टिट्युट फर स्पेस रिसर्च (आइएनपीई) का अनुसार गत वर्षभन्दा यो वर्ष डढेलोको सङ्ख्या ८३ प्रतिशतले बढेको देखिएको बीबीसीले जनाएको छ ।

केही हप्ताअघि वनविनाशबारे उपलब्ध गराइएको तथ्याङ्कबारे विवाद उत्पन्न भएपछि राष्ट्रपति जाइर बोल्सोनारूले आइएनपीईका प्रमुखलाई पदमुक्त गरेका थिए।

अतिदक्षिणपन्थी राष्ट्रपति बोल्सोनारूले पद सम्हालेयता अमेजन क्षेत्रलाई कृषि र खनिज उत्खननका लागि विकास गर्ने बताउँदै आएका थिए।

‍वनमा लागेको डढेलोबाट निस्किएको धुँवाका कारण साओ पाउलो सहरमा दिउँसै अन्धकार भएको थियो। एउटा शक्तिशाली हावाको वेगले रोन्डोनिया र अमेजोनास राज्यमा फैलिएको वनबाट डढेलोको धुँवा ल्याएपछि २७ सय किलोमिटर पर अवस्थित उक्त सहरमा एक घण्टा अँध्यारो भएको थियो ।

अमेजन वनक्षेत्र लागेको डढेलोबाट आएको धुँवाका साओ पाउलोमा दिउँसै अन्धकार भएको थियो । संरक्षणकर्मीहरूले काठ व्यापारी र कृषकहरूलाई जमिन खाली पार्न राष्ट्रपति बोल्सुनारूले प्रोत्साहन गरेपछि यस्तो अवस्था सिर्जना भएको आरोप लगाएका छन् । गत बिहीवारयता मात्रै त्यहाँ नौ हजार पाँच सयवटा डढेलो देखिएकामा ती अधिकांश अमेजन क्षेत्रमा थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित