आज : २०७६ कात्तिक ३ गते

Nepal Mediciti Hospital Ad

कात्तिक १ गतेबाट ‘बादशाह जुट’ नेपालभर

तपाईको खबर संवाददाता प्रकाशित : भदौ ३, २०७६ फिल्म-संगीत, मनोरञ्जन
baadshah jutt

गत वर्षको पौष १३ गते आउने निश्चित भएता पनि अन्तिम समयमा प्राविधिक कारण देखाउँदै पोस्टपोन्ड भएको फिल्म ‘बादशाह जुट’ ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । यो फिल्म अब आउँदो कात्तिक १ गतेबाट प्रदर्शनमा आउने एक पोस्टरमार्फत् जानकारी गराइएको छ । पोस्टरमा फिल्मका लिड अभिनेता सुशील श्रेष्ठ र कलाकार रविन तामाङ फिचर्ड छन् ।

‘बादशाह जुट’ आफूले आफूलाई बादशाह सम्झने दुई युवाको कथामा निर्माण भएको निर्देशकले बताएका छन् । फिल्मका निर्देशक जोनी सिंह राणा हुन् ।यसअघि उनले एक बलिउड फिल्म समेत निर्देशन गरिसकेका छन् । उनी आफैंले तयार पारेको कथामा निर्मित यस फिल्ममा आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतको पनि अभिनय छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित