आज : २०७६ कात्तिक ६ गते

Nepal Mediciti Hospital Ad

बालगायक आयुषको आवाजमा चलचित्र ‘हजार जुनीसम्म’ को गीत सार्वजनिक

तपाईको खबर संवाददाता प्रकाशित : साउन २७, २०७६ फिल्म-संगीत, भिडियो, मनोरञ्जन, साताका कलाकार
hajar juni samma

आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘हजार जुनीसम्म’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । आइतबार गीतको लिरिकल भिडियो युट्युबमार्फत सार्वजनिक गरियो ।

भारतीय टिभी शो ‘सारेगमम लिटिल च्याम्प’ मा सहभागी भएर चर्चामा आएका आयुष केसीले यो गीतमा स्वर दिएका छन् । यो गीतको ओर्जिनल भर्सनमा गायक उदय सोताङको स्वर छ । गीतमा योगेन्द्र घतानीको संगीत छ भने पवन चाम्लिङका शब्द छन् ।

गीतमा चलचित्र ‘हजार जुनीसम्म’ का कलाकारलाई देखाइएको छ । यद्यपि भिडियोमा फिल्मका बारेमा खुलाइएको छैन । यो चलचित्रलाई विकास राज आचार्यले निर्देशन गरेका हुन् ।

फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुइँटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । यही फिल्मबाट अखिलेस प्रधानले नेपाली फिल्ममा डेब्यु गर्दैछन् ।

विशाल चाम्लिङको कथा रहेको यो फिल्ममा विकास राज आचार्य र सामीप्य तिमिल्सिनाको स्किृप्ट रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित