आज : २०७६ कात्तिक ५ गते

Nepal Mediciti Hospital Ad

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको शानदार जित

तपाईको खबर संवाददाता प्रकाशित : साउन २७, २०७६ खेलकुद
manchester united

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले चेल्सीमाथि शानदार शुरुवात गरेको छ । आइतबार राति ओल्ड ट्रार्फोडमा भएको खेलमा युनाइटेडले चेल्सीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रिमियर लिगको नयाँ सिजनमा शानदार शुरुवात गरेको हो ।

युनाइटेडका लागि कार्कस रासफोर्डले उत्कृष्ट २ गोल गरे भने एन्थोनी मार्सल र ड्यानियल जेम्सले समान एक–एक गोल गर्दै टिमलाई जीत दिलाए । फ्राङ्क लाम्पार्डले चेल्सी सम्हालेको पहिलो खेलमै चेल्सी पराजित हुँदा उनले यो सिजनमा राम्रो शुरुवात गर्न सकेनन् ।

यता, युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भने यो सिजनको पहिलो खेलमा आफ्नो टक्करको टोलीमाथि ४–० को जीत निकाल्दै प्रिमियर लिगमा राम्रो शुरुवात गरेका छन् ।

युनाइटेडका लागि खेलको १८ औं र ६७ औं मिनेटमा रास्फोर्डले गोल गरेका थिए भने ६५ मिनेटमा मार्सलले गोल गर्दा अन्तिम गोल ८१ मिनेटमा जेम्सले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित