Nepal Mediciti Hospital Ad

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : साउन २७, २०७६ Flash News, समाचार
accident

भैरहवा–तौलिहवा हुलाकी सडकखण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. २ अविरावकी ४२ वर्षीया प्रमिला यादव छन् ।

उनी छोरा सञ्जय यादवले चलाएको मोटरसाइकलको पछाडि बसेकी थिइन् । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएपछि जिल्ला अस्पताल तौलिहवामा पुर्‍याइएकोमा उपचारका क्रममा सोमबार बिहान प्रमिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कपिलवस्तु नगरपालिका वडा नं.८ दोहनीस्थित हुलाकी सडक खण्डको पकडी नजिक लु २ त ५८३९ नम्बरको ट्याक्टर र विपरीत दिशातर्फ जाँदै गरेको यूपी ५५ एस ०२१८ नम्बरको भारतीय नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनापछि ट्याक्टर चालक भागेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुखले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित