Nepal Mediciti Hospital Ad

बालिका जबर्जस्तीकरणीको आरोपमा काठमाडौँ महानगरपालिकाका कर्मचारी पक्राउ

तपाईको खबर संवाददाता प्रकाशित : साउन २७, २०७६ Flash News, समाचार
child-rape11

११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका एकजना स्थायी कर्मचारी पक्राउ परेका छन् ।

पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् । उनी महानगरपालिकाको कुचीकार प्रमुख हुन् ।

उनलाई आइतबार अनामनगरबाट पक्राउ गरेर महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ । जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि जबर्जस्ती करणी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित