Nepal Mediciti Hospital Ad

चलचित्र ‘साईनो’ लाई पिजी सर्टिफिकेट

तपाईको खबर संवाददाता प्रकाशित : साउन २०, २०७६ कला खबर, फिल्म-संगीत, मनोरञ्जन
shaaeno

आउँदो साउन २४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘साइनो’ ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको यो फिल्मलाई बोर्डले पिजी सर्टिफिकेट दिएको छ ।

फिल्मका निर्देशक रमेश थापाले भने यो चलचित्र सबैले हेर्न मिल्ने खालको भएको बताए । उनले यो फिल्म मौलिक तथा सामाजिक कथामा निर्माण भएको समेत खुलाए ।

चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ भने फिल्ममा शरण थापा कार्यकारी निर्माताका रुपमा रहेका छन् ।

यस्तै चलचित्रमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, वनिश शाहको सम्पादन छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित