Nepal Mediciti Hospital Ad

सुवास थापाको ‘सेल्फी किङ’ मा विपिन अनुबन्ध

तपाईको खबर संवाददाता प्रकाशित : साउन १९, २०७६ फिल्म-संगीत, मनोरञ्जन
bipin karki

भर्सटायल अभिनेता विपिन कार्कीले गत वर्षको हिट फिल्म ‘प्रसाद’ टिमसँग दोस्रो पटक सहकार्य गरेका छन् । निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले निर्माण गर्ने फिल्म ‘सेल्फी किङ’ मा उनी अनुबन्ध भएका छन् । फिल्मको निर्देशन भने बिशाल सापकोटाले गर्नेछन् । उनी फिल्म ‘कारखाना’ का निर्देशक अमरदीप सापकोटाका सहोदर भाई हुन् ।

अमेरिकामा फिल्म मेकिङको पढाइ सकेर नेपाल फर्किएका उनले पहिलो पटक फिचर फिल्म निर्देशनमा हात हाल्न लागेका हुन् । यसअघि उनी तेलूगु फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकको क्याप्टेनसिप सम्हाल्ने तयारीमा थिए । तर, विविध कारणले यो निर्माण हुन सकेन । अब उनले ‘सेल्फी किङ’ मा विपिनलाई एक्सन(कट गर्नेछन् ।

भदौ १० गतेबाट फिल्मको औपचारिक रुपमा छायांकन सुरु हुने निर्माता मध्येका एकले बताएका छन् । फिल्मका लागि अहिलेसम्म प्रमुख भूमिकामा अभिनेत्रीको भने टुंगो लागेको छैन । अभिनेत्री द्वय स्वस्तिमा खड्का र लक्ष्मी वर्देवासँग केही दिनदेखि कुरा भइरहेको छ । यसअघि दुईले फिल्म ‘बुलबुल’ मा सँगै काम गरेका थिए ।

फिल्मको मुलकथा विपिनको वरिपरि घुम्ने बताइएको छ । यस वर्षको जेठमा प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ पछि उनले कुनै नयाँ फिल्म साइन गरेका थिएनन् । यद्यपि, उनको पाइपलाइनमा ‘परी’ र ‘फनफनी’ छन् । अब यी दुई फिल्म उनले ‘सेल्फी किङ’ भ्याएपछि गर्नेछन् । निर्माण टिमले फिल्मको विषयवस्तु गोप्य राखेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित