Nepal Mediciti Hospital Ad

तनहुँमा बस दुर्घटना, १९ जना घाइते

तपाईको खबर संवाददाता प्रकाशित : साउन १९, २०७६ Flash News, समाचार
accident

तनहुँको बन्दीपुर गाउँपालिका-५ ढाँपमा आइतबार विहान बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।चितवनको नारायणगढबाट बाग्लुङ जाँदै गरेको बा४ख ५९८८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा बसमा सवारी १९ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय डुम्रेले जानकारी दिएको छ ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । १ जनालाई थप उपचारका लागि पोखरा पठाइएको कार्यालयका प्रहरी सहायक निरीक्षकले जानकारी दिएका छन् । अन्य १८ जना घाइतेको लक्ष्मी अस्पताल डुम्रेमा नै उपचार भैरहेको छ ।

बसमा ३३ जना यात्रु सवार थिए । चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित