Nepal Mediciti Hospital Ad

आज चट्याङसहित बर्षाको संभावना

तपाईको खबर संवाददाता प्रकाशित : साउन १७, २०७६ Flash News, मुख्य खबर, समाचार
weather

मनसुनको न्यून चापिय रेखा नेपालतर्फ सरेसँगै फेरि मनसुन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो सँगै केहि दिनदेखि कमजोर देखिएको मनसुनी गतिविधि पुनः सक्रिय हुने मौसमविद्ले बताएका छन् ।

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भागभन्दा दक्षिणतिर रहेकाले केहिदिन वर्षा रोकिएको थियो । अब यो रेखा बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सरेकाले पानी पर्ने सम्भावना बढेको हो ।

महाशाखाका अनुसार आज (शुक्रबार) देशभर सामान्य बदली भई केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने महाशाखाले जनाएको छ। देशका केही स्थानमा मेघ गर्जनसहित तथा पश्चिम पहाडका एकरदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन महाशाखाले आग्रह गरेको छ । महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै देशको केही स्थानमा मेघ गर्जन र चट्याङ्ग पर्ने सम्भावना हुँदा सतर्कता अपनाउन आवश्यक देखिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित