Nepal Mediciti Hospital Ad

धादिङमा माइक्रो दुर्घटना हुँदा १३ जना घाइते

तपाईको खबर संवाददाता प्रकाशित : साउन ६, २०७६ Flash News, मुख्य खबर, समाचार
accident

धादिङमा माइक्रो र बस एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा १३ जना घाइते भएका छन् । चितवनको टाँडीबाट काठमाडौं आउँदै गरेको बा ५ ख ३१५१ नम्बरको माइक्रो र काठमाडौंबाट भैरहवा जाँदै गरेको लु १ ख ३१३४ नम्बरको बस आपसमा ठोक्किएका थिए । एक आपसमा ठोक्किएपछि माइक्रो महेश खोलामा खसेको थियो । माइक्रोमा यात्रा गरेका १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित