आज : २०७६ कात्तिक ३ गते

Nepal Mediciti Hospital Ad

राजधानी

तपाईको खबर संवाददाता प्रकाशित : साउन ५, २०७६ कला खबर, कविता, साहित्य, सिर्जना
Ashok Kafle

जाडो बेलामा घर हुदा भित्ताको सानो प्वालबाट
घामको किरण छिरेर मेरो आखाँमा पर्दा
म बल्ल ब्युझिन्थे।।
तर यहा चिसो बिहानीले मेरो पाइताला कहिल्यै तात्दैनन्
गर्मी मौसममा घर अगाडीको बेलौतीको पातबाट पनि
कति चिसो हावा आउथ्यो
तर यहा मेरो झ्याल पुरा खोल्दा पनि
हावाका झोक्काहरू मेरो कोठा छिर्न मान्दैनन्।।
माको बिहानैको पुजापाठको घण्टीले मेरो विहानी हुन्थ्यो ।।
अचेल बाहिर फोहोर उठाउन आउनेको सिठ्ठीले मेरो विहान हुन्छ।।
आमाका गाई दुहेर नधोइएका हातले मेरो गाला चिमोट्दा मेरा आखा खुल्थे।।
अचेल बाु आमा भन्दै सपनाबाट झस्किएर
मेरा आखा खुल्छन्।।
आखाँ खोलेर मात्रै कहा उज्यालो हुदो रहेछ र ??
जब मन अध्यारो भएपछी।।

घरबाट टाढा भए पछि त कोमल सिरानीले पनि बिझाउदो रहेछ।।
पानी पर्दा मम्मीले ल्याइदिएको भुटेको मकैको स्वाद
यहाको पपकर्नले कहा मेटाउदो रहेछ र ??
बिहानै उठेर साझ बचेको भात भुटेर खाएको मिठास
कहा फ्राई राइसमा आउदो रहेछ र ??
वर्खामा खेत रोप्दा भिज्दाको रमाइलो
यहाँ भिज्दा कहाँ पाइदो रहेछ र ??

आमा तपाईले पकाए जस्तै घिरौलाको तरकारी
किन मैले पकाउदा मिठो हुदैन??
बाबा तपाईले भुटेको खसीको मासु मैले त्यसै गरी भुट्दा
किन त्यस्तो बेस्वादको बन्छ??
किन मेरा पाइलाहरू यहाको चिल्लो रोड भन्दा
मेरा घरका गिट्टी बिछ्याइएका बाटाहरूमा
बढी आनन्द मान्छन् ??
आखिर देशको राजधानी भनेर कहाँ हुदो रहेछ र
मनको राजधानी घरमै भए पछी।।
-अशोक काफ्ले

प्रतिकृया दिनुहोस्

सम्बन्धित