Nepal Mediciti Hospital Ad

‘कबिर सिंह’ २०१९ कै सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र

तपाईको खबर संवाददाता प्रकाशित : साउन ५, २०७६ मनोरञ्जन
Kabir Singh

शाहिद कपुर स्टारर हिन्दी चलचित्र ‘कबिर सिंह’ले महिलाप्रतिको पूर्वाग्रहको विषयलाई उठाएको भन्दै रिलिजको शुरुमा धेरै विवाद भयो । विवादका वावजुद पनि चलचित्रले महिना दिनसम्म पनि हलमा दर्शक तान्न सफल बनिरहेको छ ।

२१ जुनमा रिलिज भएको चलचित्र अझै चलिरहेको छ । चलचित्रले १ महिनामा भारतमा मात्रै २६६.६२ करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो कलेक्सन यो वर्ष रिलिज भएका चलचित्र मध्ये ‘कबिर सिंह’ सर्वाधिक कमाई गरेको सलमान खानको ‘भारत’ विकी कौशलको ‘उरीः द सर्जिकल स्ट्राइक’ लाई पछि पनि पछि पारेको हो ।

ट्रेड एनालासिस्ट तरण आर्दशले चलचित्रले एक महिनाको कलेक्सनसँगै हरेक हप्ताको कमाईको जानकारी दिंदै ट्विट गरेका छन् । उनले बल्कबस्टर फिल्म भनेर पनि लेखेका छन् । भारतको बक्स अफिस रिर्पोट अनुसार फिल्म ‘उरी :द सर्जिकल स्ट्राइक’को एक महिनाको कमाई २४५ करोड थियो । सलमानको ‘भारत’ले २१० करोड कमाउन सफल बनेको थियो ।

सन्दिप भाङ्गा रेड्डीले निर्देशन गरेको ‘कबिर सिंह’, उनकै निर्देशनमा २०१७ मा बनेको टेलगु फिल्म अर्जुन रेड्डीको हिन्दी रिमेक हो । जसमा एक प्रतिभावान मेडिकल विद्यार्थीले प्रेममा ढोका पाएपछि लागुऔषध दुव्र्यसनमा फसेको देखाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित