Nepal Mediciti Hospital Ad

जीपले किचेर सात वर्षीय बालकको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : साउन ५, २०७६ Flash News, समाचार
death11

बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे जीपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।

ग१ज ७१८१ नंको जीपका चालक सशीलाल थापाले पार्किङ गर्ने क्रममा जीप ब्याक गर्दा चालककै छोरा सात वर्षीय सलिन थापालाई किच्न पुग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता प्रहरी नायब उपरीक्षकले जानकारी दिए।

बाग्लुङ बजारबाट यात्रु तथा सामान ओसारपोसार गर्ने जीप राति घर नजिकै पार्किङ गरेर राख्ने क्रममा एक्कासी बालकलाई किच्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित